अन्तर्राष्ट्रिय मिडिया मिसन ल्याउने निर्णयको विरोध

अन्तर्राष्ट्रिय मिडिया मिसन ल्याउने निर्णयको विरोध

नेपाल पत्रकार महांसंघ सुदूरपश्चिम प्रदेश समितिको प्रथम साधारण सभा 

धनगढी, ६ असार । नेपाल पत्रकार महांसंघ सुदूरपश्चिम प्रदेश समितिको प्रथम साधारण सभा शुक्रबार धनगढीमा सुरु भएको छ । महासंघको सो कार्यक्रममा बोल्ने थुप्रै वक्ताहरुले महासंघले प्रेस स्वतन्त्रताको हननका नाममा ल्उाने भनेको अन्तर्राष्ट्रिय मिडिया मिशनको खुलेर विरोध गरे । 

साधारण सभामा उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्लले पत्रकारिता प्रजातन्त्र र लोकतन्त्रको आधार स्तम्भ रहेको बताए । साथै उनले जनताको आवाज पत्रकारिता भएका कारण उपेक्षामा रहेका जनताका आवाजलाई पहिचान गरेर विश्व सामु पु¥याउन आवश्यक रहेको बताए ।

आर्थिक मामिला तथा कानुन मन्त्रि प्रकाश शाहले पत्रकारिता समाजको ऐना भएको बताउँदै सञ्चार क्षेत्र बलियो भएमात्रै लोकतन्त्र बलियो हुने बताए । समाजमा भएका विकृति हटाउनका लागि पत्रकारिता नभई नहुने हो, मन्त्री शाहले भने निरकुंसता र अराजकताको अन्त्य पत्रकारिताले गर्दछ । साथै पत्रकारिता क्षेत्रको विकासका लागि जुनसुकै सहयोग गर्न प्रदेश सरकार तयार रहने पनि मन्त्री शाहले बताए ।

पत्रकार महासंघको अधिवेशनमा मिडिया मिसनका विषयमा समेत बहस उठेको थियो । सरकारले भर्खरै ल्याएको मिडिया बिद्येयकका बारेमा विभिन्न पत्रकार संगठनका नेताहरुले भिन्ना भिन्नै बिचार राखेका थिए । 

पत्रकार महासंघका महासचिब रमेश बिष्टले पत्रकारहरुले बिशुद्ध पत्रकारितालाई अपनाउनुपर्ने बताए । साथै उनले प्रेस काउन्सिल विधेयक पत्रकारको हितमा नभएको भन्दै विधेयक खारेज नहुदासम्म बिरोधका कार्यक्रमहरु जारी राख्ने बताए । अन्तर्राष्ट्रिय जगतले समेत यसलाई महत्वपूर्ण रुपमा हेरेको भन्दै आफूहरुले अन्तर्राष्ट्रिय मिसन बोलाउने तयारी गरेको उनकोे भनाइ रहेको थियो । 

सुदूरपपश्चिम प्रदेश प्रतिपक्ष दल नेपाली काँग्रेशका नेता डा.रण बहादूर रावलले पत्रकारको पेशागत हकहितका लागि प्रदेश सरकार अगाडि बढ्नु पर्ने बताए । साथै डा. रावलले सुदूरपश्चिम प्रदेशले आर्थिक बर्ष २०७६÷०७७ का लागि ल्याएको बजेट जनतामुखी नभएको भन्दै बिरोध गरे ।

प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्रि सिग्देलले सरकारले ल्याएको मिडिया विधेयक सबै पत्रकारहरुलाई जेल पठाउने उद्देश्यले ल्याएको बताए । सरकारले सबै मिडियालाई प्रतिबन्ध लगाउने र सरकारको आलोचना गर्ने सबैलाई जेल कोच्ने ढंगले विधेयक ल्याएको आरोप लगाउँदै सबैले यसको बिरोध गर्नुपर्ने बताए । 

प्रेस संगठन नेपालका केन्द्रीय सदस्य रामसिंह ठगुन्नाले प्रेस संगठन नेपालले विभिन्न बुँदाहरुमा विधेयक संशोधनका लागि ज्ञापनपत्र बुझाएको स्मरण गराउँदै सरकारले ल्याएको विधेयक प्रेस मैत्री हुने र संशोधन हुने विश्वास रहेको बताए । सामाजिक न्याय र आर्थिक स्वावलम्बनसहितको प्रेस स्वतन्त्रता आफूहरुले चाहेको भन्दै स्वतन्त्रताको नाममा अराजकता नहोस भन्नेमा सतर्क रहनु पर्ने उनको भनाइ थियो । 

पत्रकार महासंघले किन मिडिया मिशन ल्याउन खोजेको आमपत्रकारलाई बताउन नसकेको र यसमा आफूहरुको सहमति नभएको भन्दै सहज ढंगमा नेपाली मौलिकतामा किन सबै समस्याको समाधान हुदैन भन्ने प्रतिप्रश्न संगठनका नेता ठगुन्नाले गरे ।

 ठूला कर्पोरेट हाउस भन्दा पनि साना मिडियाहरुको आर्थिक वृद्धि विकासमा ध्यान दिनुपर्ने भन्दै कर्पोरेट मिडिया र विदेशी संस्थाबाट प्रभावित नभइ नेपाली मौलिकतामा नेपाली मिडियाको विकासमा जोड दिनुपर्नेमा उनको जोड थियो । लोक कल्याणकारी विज्ञापनमा वृद्धि, न्युनतम पारिश्रमिकका बिषयमा सरकारले ल्याएको विषयमा हामी सकारात्मक हुनुपर्ने भन्दै नेपाली मिडिया जगतका लागि सरकारले प्रस्ताव गरेको क्लिन फिड जस्ता बिषयमा महासंघको धारणा प्रष्ट पार्नुपर्ने बताए । 

नेपाल पत्रकार महासघका सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष दुर्गाप्रसाद भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा नेपाल पत्रकार महासघका पूर्व उपसभापती चित्रागं थापा, सुदूरपश्चिम प्रदेश नेकपाका प्रमुख सचेतक तारा लामा तामाङ, प्रेस संगठनका राम सिह ठगुन्ना, प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्रि सिग्देल, धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादूर वडु, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउद, नागरिक समाजका तर्फबाट खडकराज जोशी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशको पत्रकारिताको विकासमा योगदान दिएको भन्दै बरिष्ठ पत्रकार घनबहादूर शाह र कर्णदेव भट्टलाई सम्मान गरिएको थियो ।

नेपाल पत्रकार महासघका सुदूरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाहको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिब योगेश रावलले गरेका थिए ।

सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका पत्रकारहरुको सहभागी रहेको साधारण सभा ७ गतेसम्म चल्ने छ ।