ट्रम्पको भाँडभैलो नरोकिए दोस्रो शीतयुद्धको खतरा 

ट्रम्पको भाँडभैलो नरोकिए दोस्रो शीतयुद्धको खतरा 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेश नीति र अमेरिकी पहिले अवधारणामा सुधार नगरे विश्वमा दोस्रो शीतयुद्धको खतरा बढदै गएको देखिएको छ ।

यसका लागि अहिलेसम्म युद्ध उन्मादी शक्तिशाली राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई युद्धउन्मादी बनाउन खोजेको देखिएको र ट्रम्प आफैले पनि महशुस गरेकाले  यसमा सुधार हुन सक्ने अपेक्षा गरिएको छ ।

अमेरिकाको शक्तिशाली मानिएको गुप्तचर संस्था सिआइएका पूर्व एजेन्टहरूको बुझाइ रहेको छ ।

विश्वमा युद्धको आतंक समाप्त पार्न ट्रम्प प्रशासनबाट सुरक्षा सल्लाहकार जोन बोल्टनको विदाइ र चीनसँग भइरहेको व्यापार युद्धको सक्दो छिट्टो बैठान महत्वपूर्ण विषय रहेको विज्ञहरूको पर्यवेक्षण रहेको छ ।

जुन महिनाका अन्त्यसम्म यस्ता परिस्थिति बन्न सक्ने र वर्तमानको तनावपूर्ण अवस्थामा सुधार हुन सक्ने अपेक्षा उनीहरूको रहेको छ ।

राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिनले जुन २९–३०मा जापानको ओसाका हुन गइरहेको जी ट्वेन्टीको राष्ट्रप्रमुख र सरकार प्रमुखहरूको शिखर सम्मेलनका क्रममा आफूसँग भेटवार्ता नगरे अमेरिकाले चीनमाथि आर्थिक नाकाबन्दी र चिनियाँ उत्पादनहरूको अमेरिकी प्रवेशमा कडा खालको अतिरिक्त भन्सार शुल्क लगाउने धम्की दिएका छन् ।

यस्ता शिखर सम्मेलनहरूमा  नेताहरूबीचको भेट वार्ता हुने गर्छ तर यस्तो भेटवार्ताबाट कुनै वास्तविक सम्झौता भइहाल्ने गर्दैन् । यस्ता सम्झौताको घोषणा गर्नका लागि पहिले नै भेटवार्ताको योजना बनाइएको हुन्छ र त्यसमा सम्झौता घोषणा गर्ने काम हुन्छ ।

ट्रम्पले धम्की दिएको देखिएपनि त्यस अनुरूप ट्रम्प र सीबीचको पूर्व नियोजित भेटवार्ताका लागि पहल भएको पाइएको छैन् । यसका लागि ट्रम्पले कसैलाई अधिकार सुम्पेको पाइएको छैन् ।

ट्रम्पको व्यवहारबाट उनले धम्कीको भरमा सम्झौता गराउन खोजेको देखिन्छ । जसको कुनै अर्थ हुँदैन् । उनको यो धम्कीले अमेरिकाका लागि प्रत्युत्पादक बन्न सक्ने देखिएको छ । अमेरिकाले चीनलाई असम्भव माग तेस्र्याएर आर्थिकरूपमा समर्पण गराएको देखिन्छ । जसलाई चीनले स्वीकार गर्न नसकिने देखिएको छ । यस्तोमा चीन र अमेरिकाबीचको व्यापार युद्धको परिणाम वास्तवमा पूर्णाकारको दोस्रो शीतयुद्धको शुरूवात हुनेछ ।

अमेरिकाले सन् १९९०मा रूसमा आफ्नो कठपुतली येल्तसिन मार्फत नवउदारवादी योजनहरूको नियन्त्रण आफ्नो हातमा लिएजस्तै चीनसँग लिन खोजेको देखिन्छ । यस्तोमा चीन र बाँकी विश्वले के गर्ला त्यो महत्वूर्ण विषय हो । सरकारहरूले समृद्धिका एजेन्डा, वित्तीय क्षेत्रले आम्दानी गर्ने र कठोर नीतिको कार्यान्वयन गर्ने विषयमा सबै अधिकार अमेरिका र उसको सहयोगी साझेदारलाई सुम्पिने निर्णय गर्ने हो वा होइन भन्ने अवस्था सिर्जना भएको छ ।

अमेरिकी कुटनीतिको उद्देशय नै अन्य देशहरूलाई अमेरिका र उसका सहयोगीहरूका कृषि उपज , तेल , सूचना र सैन्य प्रविधिमा निर्भर बनाउनु रहेको छ । यो व्यापार निर्भरताले अमेरिकी रणनीतिकारहरूका  लागि आर्थिक नाकाबन्दी लगाउन सक्षम बनाउने छ । देशहरूका लागि चाहिने आधारभूत भोजन, ऊर्जा, सञ्चार र कलकारखानाका पार्टपुर्जाको आयातमा अमेरिकाले बन्देज लगाउन सक्छ । यसको उद्देश्य भनेको बौद्धिक सम्पत्तिमाथिको एकाधिकार कब्जा गरी विश्वमा हैकम खडा गर्नु रहेको छ । व्यापार युद्धको निहित उद्देश्यभ नेको यो नै रहेको छ ।

ट्रम्पका धम्कीहरू हलुका छन् । चीनसँगको व्यापार युद्ध लम्बिए अमेरिकी किसानहरू मात्रै मर्कामा पर्ने छैनन् । त्यहाँको वालस्ट्रिट शेयर बजार, वालमार्ट र सूचना प्रविधि क्षेत्रका व्यवसायीहरू सन्तुष्ट भइरहेका छैनन् । व्यापार युद्दले उनले फेरि चुनाव लडन खोजेको उद्देश्य र अमेरिकी अर्थतन्त्रको घाँटी रेट्ने काम गर्न सक्ने देखिएको छ ।

यस सन्दर्भमा चीनको जवाफ महत्वपूर्ण हुनेछ । अमेरिकाले कुरो नमाने चीनले उसलाई आत्महत्या गर्न खोज्दा  छोडि दिन सक्ने देखिन्छ ।

चीनले रूससँगको गठबन्ध बनाइ छिमेकी र युरोपसम्म पुगिरहेको छ । ती देशहरूलाई चीनले सहयोग गरिरहेको छ ।

देशहरूमाथि आर्थिक नाकाबन्दी लगाउँदै आएको अमेरिकालाई त्यो नाकाबन्दीको नशामा लठ्ठिएकै अवस्थामा छोडेर एसिया र युरोपको अमेरिकामाथिको वित्तीय, भोजन र सूचना प्रविधिको निर्भरताको अवस्था हटाएर अमेरिकालाई उदीयमान बहुपक्षधरताको अवस्थामा एक्लाउन सकिने देखिएको छ ।

कुनै असल कुटनीतिज्ञले कुनै माग गर्दैन उसले ‘नाइँ’ मात्र जवाफ फर्काउँछ । चीनले कुनै हालतमा आफ्नो मिश्रित अर्थतन्त्रलाई समाप्त पार्छ न त उसले अमेरिका र अन्य वैश्विक लगानीकर्ताहरूलाई आफ्नो अर्थतन्त्र जिम्मा लगाउँछ ।शिक्षा, सडक, सञ्चार र अन्य आधारभूत पूर्वाधारमा ठूलोमात्रामा सार्वजनिक क्षेत्रको अनुदान दिएर १९औं शताब्दीको अन्त्य र २०औं शताब्दीको प्रारम्भमा अमेरिकाले विश्मा औद्योगिक वर्चस्व कायम गरेको विषय अब गुप्त रहस्यको रूपमा छैन् । आज नीजिकृत, वित्तीकृत र बेलायती प्रधानमन्त्री मार्गेट थ्याचरकालीन अर्थतन्त्र महँगो र अपर्याप्त बनेको छ । अझ अमेरिकी अधिकारीहरूले येल्तसिन र उनका अमेरिकी सल्लाहकारले त्यतिखेर रूसलाई निचोरेजस्तै खुला बजारका पक्षपाती चिनियाँ नेताको उपयोग गरी त्यसै निचोर्ने सपना देखिरहेका छन् ।


अमेरिकाका लागि दुवै जित्ने नीति ‘विन –विन’को सम्झौता भनेको अमेरिकाको वित्तीय क्षेत्र र अन्तरिक्ष व्यापारमा चीनले उसको स्वतन्त्र प्रतिस्पर्धी भएर नभै उसको अनुमतिमा चल्ने हुनु हो ।

ट्रम्पले अपनाएको विद्यमान नीतिले अमेरिकालाई विगतमा समस्यामा पारेको देखिएको छ । अमेरिकी सम्झौताकारहरूले प्रतिस्पर्धी औद्योगिक लाभ लिने अवस्था अमेरिकाले गुमाइसकेको विषयलाई बिर्सेको देखिन्छ । अमेरिकाको कुल गार्हस्थ्य उत्पादन खाली अवस्थामा छ । अमेरिकाको श्रम बजार अंशकालिन अर्थतन्त्रमा परिवर्तन भएको छ । यस्तो अवस्थामा व्यापार धम्कीको अर्थ आर्थिकरूपमा भरपर्दो अवस्था रहेको दर्शाउन बाहेक अन्य केही हुन सक्ने हुन्छ ।

यस परिदृश्यमा ट्रम्प प्रशासनबाट भाँडभैलो मच्चाउने विदेश नीतिमा रोक लगाउनुपर्ने आवश्यकता रहेको छ ।

अमेरिकाको एक पक्षले यसलाई गम्भीरता पूर्वक लिएको पाइएको पनि छ ।  सुरक्षा सल्लाहकार बोल्टनको आक्रमक नीतिका कारण अमेरिका चौतर्फी युद्धको सम्भावनालाई बढाइ दिएको उनीहरूले महशुस गरेका छन् ।
अमेरिकाको गुप्तचर समूह सिआइएका पूर्व एजेन्ट जोन किरिआकोउले बोल्टको समय ट्रम्प प्रशासनमा पूरा भएको बताउनु पछाडिको उद्देश्य यही नरहेको देखिएको छ ।

बोल्टनले पदको जिम्मेवारी लिएयता हरेक भूराजनीतिक मञ्चमा कठोर नीतिलाई अगाडि बढाए । मानवीय सहयोगको आधारमा भेनेजुएलामा हस्तक्षेपको वकालत गर्नुदेखि मध्यपूर्वमा १ लाख सेना तैनाथ गराउन सम्मका पछाडि बोल्टन रहेको उनको बुझाइ छ । उत्तर कोरियाली नेता किम जोंग उनसँग गतवर्ष भएको शिखर वार्तालाई निष्कर्षमा पुग्न नदिनुको पछाडि बोल्टनको आक्रमक नीति नै जिम्मेवार रहेको छ ।

अमेरिकी विदेश नीतिका रोगहरूको उपचार बोल्टनले भिडन्तको माध्यमबाट सुल्झाउन खोजेको देखियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पको पक्षमा बोल्टन आफूले सफल प्रस्तुत गर्न नसकेको भन्दै पूर्व सिआइए एजेन्ट किरिआकोउले अमेरिकाका लागि अब राम्रा समयहरू आउने संकेत देखिएको छ । हालै ट्रम्पकी प्रवक्ता सारा स्यान्डर्स पद मुक्त भएकी थिइन् । अब बोल्टन अर्को महत्वपूर्ण व्यक्तिको विदाइ हुने देखिन्छ ।
उत्तर कोरियाली नेताहरूले बोल्टनलाई मूर्ख नै भनेर टिप्पणी गरेका छन् । मध्यतहको राष्ट्रिय सुरक्षा अधिकारीहरूको बुझाइमा बोल्टनको विदा छिट्टै हुन सक्ने उनले जनाए ।
सन् २०२०को चुनावमा फेरि जित्ने चाहना बोकेका ट्रम्पको छवि बोल्टनका कारण थप खराब हुन सक्ने देखिएकोले उनको विदाइ निकट रहेको छ । 

यसको संकेत ट्रम्प आफैले पनि दिएका छन् । बोल्टनको प्रवृतिसँग आफू कहिलेकाँही सहमत हुन नसक्ने गरेको ट्रम्पले सार्वजनिकरूपमा बोलेका छन् । बोल्टनका कारण आफ्नो छवि युद्ध उन्मादीको जस्तो भएको ट्रम्पको बुझाइलाई स्रोतको हवाला दिँदै वासिंटनले छापेको थियो ।
एक साता अघि ट्रम्पले आफू इरानका नेताहरूसँग बिना शर्त वार्ता गर्न तयार रहेको जनाएका थिए । 

अमेरिकाको कठोर नीतिका पक्षपातीमा अर्का उच्च पदाधिकारीमा विदेशमन्त्री माइक पोम्पेओ हुन् । बोल्टको विदाइ पछि उनी एक्लो पर्नेछन् ।

अमेरिकी कांग्रेसका अधिकांश रिपब्लिकन सदस्यहरूले इरान विरूद्धको युद्धमा नजाने चाहना व्यक्त गरेका छन् ।

किरिआकोउले गाइगुइँमा चलेका विषयहरू सत्य हुन्छन् भने ट्रम्पले सेवानिवृत सैनिक अधिकारी र गुप्तचर क्षेत्रका पूर्व अधिकारीहरूलाई नयाँ नियुक्ति गर्न सक्ने देखिएको बताए ।बोल्टनको विदाइ हुँदैमा अमेरिकी विदेश नीतिमा ठूलै परिवर्तन नभएपनि इरानसँग अमेरिकाको युद्धसम्बन्धी सम्भावनालाई न्यून पार्ने दिशामा जाने देखिएको छ ।

यस्तो भए अमेरिकाले विश्वबजारमा आफ्नो वर्चस्व फेरि कायम गर्न सक्ने सम्भावना जोगाइ राख्न सक्छ नभए चीनसँगको व्यापार युद्धलाई शीतयुद्धको अवस्थामा सिर्जना गराएर आफूलाई आफ्नो ध्वंसमा फाल्ने बाहेक केही नहुने विज्ञहरूको भनाइमा शंका गर्ने ठाउँ देखिदैन् । समयबद्ध