महिलाको अवैध ओसार पसारमा सरकारी अधिकारीको सहभागीता

महिलाको अवैध ओसार पसारमा सरकारी अधिकारीको सहभागीता

काठमाडौ । भारतसहित मध्यपूर्वका विभिन्न देशहरूमा नेपाली महिला तथा किशोरीहरूको अवैध ओसार पसार जारी रहेको सार्वजनिक एक प्रतिवेदनले जनाएको छ ।

अमेरिकाको विदेश मन्त्रालयले मानव ओसार पसार सम्बन्धी प्रतिवेदनमा नेपाली महिला एवं किशोरीहरूको अवैध ओसार पसार भारत, मध्यपूर्व ,पूर्वी अफ्रिका लगायतका देशमा हुने गरेको उल्लेख गरिएको छ ।

नेपालको स्थितिलाई वर्गीकरण २मा राखिएको छ । अवैध मानव ओसार पसारलाई समाप्त पार्न न्यूनतम मापदण्डको अवलम्बन गर्ने देशहरूको रूपमा यो वर्गीकरणलाई बुझिने गरिएको छ ।

विगतको प्रतिवेदनहरूमा पनि नेपाल यसअघि पनि यही वर्गीकरणमा रहेको थियो । यसका लागि केही म्यानपावर एजेन्सी र व्यक्तिगत एजेन्ट यस कार्यक्रमा सक्रिय रहेको पाइएको जनाइएको छ ।

नेपालीहरूलाई बधुवा मजदुरको रूपमा काम गराउने गरिन्छ ।

यसमा सरकारी अधिकारीहरूले ठूलो रकम लिएर उनीहरूलाई बाहिरिने व्यवस्था मिलाउने गरेका छन् ।