गाउँमा जथाभावी डोजर चलिरहेकोप्रति सांसद आशाकुमारीको आपत्ति

गाउँमा जथाभावी डोजर चलिरहेकोप्रति सांसद आशाकुमारीको आपत्ति

काठमाडौं, ८ असार । सांसद आशाकुमारी विकले गाउँमा जथाभावी डोजर चलिरहेको भन्दै त्यसको रोकावटका लागि माग गरेकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद विकले सरकारले एक करोडभन्दा कमको योजनामा डोजर चलाउन नपाइने भनेपनि डोजर निर्वाध रुपमा चलिरहेको भन्दै आपत्ति जनाएकी हुन् ।

सरकारको निर्णयलाई वेवास्ता गर्दै गाउँमा जथाभावी रुपमा बिना योजना र बिना इन्जिनियरिङका आधारमा सडक काट्ने काम भइरहेको भन्दै त्यो तत्कार रोकिनु पर्ने उनले माग गरिन् ।