मिडिया सोसाइटीमा पहिरो जाँदै 

मिडिया सोसाइटीमा पहिरो जाँदै 

असार ८, काठमाडौं । नेपाली मिडिया क्षेत्रमा लामो समयदेखि क्रियाशील सञ्चार व्यवसायी र अगुवा पत्रकारहरुको भेलाले गत शुक्रबार मिडिया एशोसियसन अफ नेपाल (म्यान) गठन गरेको छ र त्यसको अध्यक्षमा भास्करराज कर्णिकारलाई सर्वसम्मतले चयन गरेसँगै यो क्षेत्रमा भित्रभित्र धेरै नै ठूलो बहस भएको छ ।  

यस्तै प्रकृतिको संगठन मिडिया सोसाइटी क्रियाशील रहेको छ । म्यानको गठनसँगै यसमा पहिरो जाने संकेत देखिएको छ । सोसाइटीमा रहेका धेरैले विद्रोह गर्ने चर्चा चलेको छ । 

मिडिया सोसाइटी कान्तिपुर मिडियाका प्रमुख कैलाश सिरोहियाको प्रभाव र छायाँबाट चल्ने र कान्तिपुरमाथि भएको आक्रमणको बचाउ गर्ने तर अरुहरुमाथि भएको आक्रमणलाई ‘मितको टाउको बेलै सरी’ रुपमा लिने भन्दै उनीहरुले त्यसलाई छाड्न लागेको बताइन्छ । 

योसँगै मिडिया सोसाइटी व्यवसायको प्रवद्र्धनमा भन्दा केहीको व्यक्तिगत स्वार्थ र राजनीतिक पूर्वाग्रहका साथ चल्ने गरेको आरोप लाग्ने गर्दै आएको छ । क्लिन फिड, समानुपातिक विज्ञापन, श्रमजीवी पत्रकार ऐन लागू गर्ने सरकारको तयारीको यसले कतै प्रत्यक्ष र कतै अप्रत्यक्ष विरोध गरिरहेको छ । यसैगरी मिडियामा विदेशी लगानीको यसले पक्षपोषण गर्दै आएको छ । 

म्यानले राष्ट्रिय स्वाधीनतासँगै मिडियाको प्रबद्र्धन र विकासका लागि फोकस गर्ने बताएको छ । 

यसबारेमा सोमबार वैठक बसेर यसका अन्य पदाधिकारी, यसको सार्वजनीकीकरण लगायतका विषयमा टुंगो लगाउने वैठकमा सहभागी एक सञ्चार व्यवसायीले बताए । 

यसका गठनका लागि भास्करका अलावा ओम शर्मा, देवप्रकाश त्रिपाठी, गोपाल बुढाथोकी, डा. राजेश अहिराज, विमल गौतम, माउण्टेन टेलिभिजनका राजु कँडेल, थाहा मिडियाका प्रतिनिधि लगायतको विशेष सक्रियता रहने गरेको छ ।