फेरि सुरु भयो समाजवादी–राजपा एकता संवाद, कहिले पाक्ला खिचडी ? 

फेरि सुरु भयो समाजवादी–राजपा एकता संवाद, कहिले पाक्ला खिचडी ? 

काठमाडौं । समाजवादी पार्टी र राजपाबीच पार्टी एकता गर्ने विषयमा वार्ता सुरु भएको छ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकता गरेपछि बिच्किएको राजपा पुनः समाजवादीसँग एकता गर्न तम्सिएको हो । यही कडिको विकासका क्रममा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राजपाका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोबीच कुराकानी भएको छ ।

जनकपुरमा भएको कुराकानी औपचारिक नभएतापनि पार्टी एकता गर्ने विषयमा भने कुराकानी जारी रहेको राजपाका एक नेताले बताए । ती नेताका अनुसार समाजवादीका अध्यक्ष बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादबबीच पटक पटक राजपासँग कुराकानी भएको र त्यो क्रम जारी रहेको बताए ।

पार्टी एकताको लागि वर्तमान केपी ओली नेतृत्वको सरकार छोड्नुपर्ने र संविधान संशोधन गर्नुपर्ने राजपको तर्क छ । यी विषयमा दुवै पार्टीका नेताहरु राजी भएको स्रोतको दाबी छ ।
समाजवादीका एक नेताका अनुसार संविधन संशोधन, भ्रष्टाचार, सुशासन, महंगी लगायतका जनजीविकाका विषयमा राष्ट्रिय आन्दोलन नै घोषणा गरेर हिँड्नुपर्ने विषयमा दुई पार्टीका शीर्ष नेताहरुको एकमत छ ।