चिकित्सकको लापरवाहीले बालिकाको मृत्यु, अस्पतालमा तालाबन्दी

चिकित्सकको लापरवाहीले बालिकाको मृत्यु, अस्पतालमा तालाबन्दी

जनकपुर, ८ असार । चिकित्सकको लापरवाहीका कारण बालिकाको मृत्यु भएको भन्दै आफन्तजनले महोतरीको जलेश्वरस्थित अस्पतालमा तालाबन्दी गरेका छन् । 

    उपचारकै क्रममा चिकित्सकको लापरवाहीका कारण जलेश्वर नगरपालिका ३ निवासी प्रमोद यादवकी ४ वर्षिया छोरी शिवानी यादवको मृत्यु भएको भन्दै आफन्तजन आक्रोशित हुँदै अस्पतालमा तालाबन्दी गरेका हुन् ।

    मृत्युपपछि मृतक बालिकाका आफन्तजनले अस्पतालमा तालाबन्दी गरेका छन् । पीडित परिवारले चिकित्सकको निवास, अस्पतालको प्रशासन र मुख्य गेटमा समेत तालाबन्दी गरेका छन् । अस्पतालमै डाक्टरको निवास छ । तर पनि डाक्टर नियमित चेकजाँचका लागि नआएकै कारण शिवानीको मृत्यु भएको मृतकका आफन्तजनको गुनासो छ ।

    पीडित परिबारले क्षतिपुर्ति र लापरवाही गर्ने डाक्टरलाई कारबाहीको माग गरेका छन् ।