प्रदेशमन्त्रीले बाँडे मधेशी शहीद परिवारलाई भैंसी

प्रदेशमन्त्रीले बाँडे मधेशी शहीद परिवारलाई भैंसी

सप्तरी, ८ असार । मधेस आन्दोलनका क्रममा शहीद भएका तथा घाइतेका परिवारजनलाई प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लैनो भैंसी बाँड्नुको साथै गोठ बनाउनका लागि नगद ३० हजारका दरले आर्थिक सहयोग गरेको छ ।

    सप्तरीको राजविराज नगरपालिका ९ मलेठमा आज भएको कार्यक्रममा मन्त्री शैलेन्द्र साहले आज शहीद तथा घाइते भएका ३४ परिवारलाई भैंसी तथा नगद हस्तान्तरण गरेका हुन् । 
    
शहीद तथा घाइते परिवारको जीवनस्तर उकास्न भैंसी दिएको मन्त्री साहले जानकारी दिए । यहाँबाट भैंसी वितरण सुरु गरिएको र अन्य शहीद तथा घाइते परिवारलाई पनि बाँड्ने योजना रहेको उनले बताए ।