विदेशमा गएर लगानी नगर्न नेपाली ब्यवसायीलाई प्रचण्डको आग्रह, निजी क्षेत्रसँग सहकार्य गरिने

विदेशमा गएर लगानी नगर्न नेपाली ब्यवसायीलाई प्रचण्डको आग्रह, निजी क्षेत्रसँग सहकार्य गरिने

पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘‘प्रचण्ड’ ले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्य बिना विकास सम्भव नभएको बताएका छन्। 

स्याङ्जाको वालिङमा आयोजित सातौँ वालिङ महोत्सवको उद्घाटन गर्दै उनले निजी क्षेत्रलाई सहजरुपमा लगानी गर्ने वातावरण बनाउन सक्नुपर्नेमा जोड दिए। प्रचण्डले ब्यवसायीहरु देशभित्रै सुरक्षित भएनन् भने विदेशी लगानीकर्ताहरुले समेत नेपालमा लगानी नगर्ने बताए ।  

नेपालका लगानीकर्तालाई विदेशमा नभई स्वदेशमै लगानी गर्न आग्रह गर्दै उनले जटिल ऐन नियमलाई सहज बनाउने, लगानीको सुरक्षाका लागि प्रत्याभूति दिलाउने र अन्य विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्ने वातावरण सिर्जना गर्नु पर्नेमा जोड दिए । 

वालिङ उद्योग वाणिज्य सङ्घ र वालिङ नगरपालिकाको संयुक्त आयोजनामा आजबाट शुरु भएको सातौँ वालिङ महोत्सव माघ २८ गतेसम्म चल्नेछ।