पहाडलाई लट्टेफापर, कोदो : परीक्षा दिएर मन्त्री हुने धोको !

पहाडलाई लट्टेफापर, कोदो : परीक्षा दिएर मन्त्री हुने धोको !

बजेटमाथिको छलफलमा पहाडलाई लट्टेफापर र कोदोमा अल्मल्याएकोमा सांसद राजेन्द्रकुमार राईले रोष प्रकट गरेका छन् । बजेटले पहाडमा लट्टेफापर र कोदोमा अनुदान दिने कुरा परम्परागत सोच भएकोमा उनको गुनासो थियो । यसरीनै अलैंची ताप्लेजुङमा फल्छ, अलैंची प्रशोधन गर्ने कारखाना वेयर हाउस झापामा बनाउने सरकारको कस्तो निर्णय हो भन्दै आलोचना गरे । राईले प्रदेश नं १ सरकारले ल्याएको बजेटमाथिको छलफलमा यस्तो व्यंग्य वाँण हानेका हुन । 

परीक्षामा मन्त्री :

मन्त्री र कर्मचारी कुनैपनि विषयको विज्ञ हुने तर सांसद नहुने भन्ने नै हुँदैन । उनले कुन मन्त्रीले परिक्षा पास गरेर मन्त्री भएको प्रतिप्रश्न पनि गरे । सांसद क्षेत्र विकास कोष छुट्ट्याउँदा सांसदहरु विज्ञ हुन नसक्ने अर्थको वजेट संकेत गरिएकोमा उनले यस्तो प्रश्न उठाएका थिए । सबैकुरा मन्त्री र कर्मचारीलाई विज्ञको रुपमा बजेटमा प्रस्तुत हुँदा राइले गरेको दोस्रो व्यंग्य वाँण थियो ।

अग्लो पहाडलाई होचो बजेट :

 उनले बजेटमा पहाडलाइ हेला गरिएको सन्दर्भमा तिखो आलोचना गरेका थिए । वातावरणीय हिसावले पहाडमा खेलकुद प्रतियोगिता गर्न सहज हुने तर सगरमाथा र पहाडका खेलाडी तराइमा आएर खेल्न नसक्ने भएकोले रंगशाला माथि पहाडमा लग्नु पर्नेमा तराइमा राखेकोमा असन्तुष्टिी व्यक्त गरेका थिए । रंगशाला र विविधताको हिसावले सांस्कृतिक संग्राहलय नबनाएर एकात्मक शासनको भल्को दिएको आरोप पनि लगाए ।