खाद्य संस्थान र नेशनल ट्रेडिङ मर्ज भएर छुट्टै कम्पनी बन्ने

खाद्य संस्थान र नेशनल ट्रेडिङ मर्ज भएर छुट्टै कम्पनी बन्ने

काठमाडौं । सरकारले नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङलाई मर्ज गरेर नयाँ कम्पनी खोल्ने भएको छ । सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले नयाँ कम्पनीको उपयुक्त नाम र प्रकृया थाल्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइ सकिएको जानकारी दिए ।

यसैगरी नेपालले विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्तिय समूहको शेयर थप गर्ने निर्णय गरेको छ । यसअघि १४०५ कित्ता शेयर रहेकोमा अब ३०९ कित्ता थप गरी १७०९ कित्ता कायम हुने भएको छ । विश्व बैंकको मताधिकारमा सामेल हुन सरकारले शेयर किन्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले बताए ।

यसैगरी सरकारले यूरोपियन यूनियनको २० लाख यूरो अनुदान स्वीकृत गरेको छ । यो अनुदान नगरपालिकाहरुको स्तर वृद्धिमा प्रयोग गरिने जानकारी सरकारले दिएको छ ।

यसैगरी अफ्रिकन फिभरलाई ध्यान दिदैँ अफ्रिकाबाट गरिने बस्तु आयातमा केही समय प्रतिबन्ध लगाइने मन्त्रीपरिषद्ले निर्णय गरेको छ ।

यसैगरी राजदूतले राष्ट्रपतिबाट सपथ गराइने सहितको व्यवस्थासहित नयाँ मापदण्ड तयार गरिन लागेको पनि मन्त्री बाँस्कोटाले जानकारी दिएका छन् ।