अमेरिकी राष्ट्रपति  ट्रम्प ओसाकाबाट दोस्रो कार्यकाल सुनिश्चित गर्ने सूत्रको खोजीमा

अमेरिकी राष्ट्रपति  ट्रम्प ओसाकाबाट दोस्रो कार्यकाल सुनिश्चित गर्ने सूत्रको खोजीमा


काठमाडौ । अमेरिकी राष्ट्रपति  ट्रम्प ओसाकाबाट दोस्रो कार्यकाल सुनिश्चित गर्ने सूत्रको खोजीमा  रहेका छन् ।

अमेरिकी राष्ट्रपति विश्का हरेक महत्वपूर्ण मोर्चाहरूमा युद्धको स्थिति उत्पन्न गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानको ओसाकामा जुनको अन्त्यमा सम्पन्न हुन लागेको जी ट्विन्टी शिखर सम्मेलनबाट ठूलै राजनीतिक कुटनीतिक उपलब्धी हात पार्ने योजना बनाइरहेको देखिएका छन् ।

ट्रम्पले विश्वका प्रमुख राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग विशेष वार्ता गर्ने भएको देखिएबाट यस्तो आँकलन गरिएको हो ।

ट्रम्पले व्यक्तिगत रूपमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिनलगायतका नेताहरूसँग भेट्ने भएका हुन् ।

इरान, युक्रेन , सिरिया र हतियार नियन्त्रण जस्ता विषयमा छलफल गरी आपसी विवाद टुंग्याउन खोजेको अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसका कर्मचारीहरूले बताएका छन् ।

व्यापार युद्ध चर्काएर चीनसँग बढाएको तनावका विषयमा चिनियाँ राष्ट्रपति सीसँग पनि व्यक्तिगत भेटवार्ता गर्ने भएका छन् ।

ट्रम्पले बयुनर्स आइरिसमा यस अघि सम्पनन भएको जी ट्विन्टीको शिखर सम्मेलनमा प्रत्यक्ष भेटे यता चिनियाँ राष्ट्रपति सीसँग भने भेटका छैनन् ।

यो भेटपछि ट्रम्पले चिनियाँ सामानको अमेरिकी प्रवेशमा थप अतिरिक्त भन्सार शुल्क लगाउन वा नलगाउने निर्णय लिने छन् ।

भारतलाई अमेरिकाले दिँदै आएको विशेष सहुलियत फिर्ता लिएर ट्रम्पले भारतसँगको सम्बन्धमा पनि बिगारेको देखिएको छ ।

प्रधानमन्त्री मोदीसँगको भेटपछि यसलाई सुधार गर्ने र जापान र भारतलाई मिलाएर इन्डो प्यासिफिक क्षेत्रमा खुला तथा स्वतन्त्र व्यापारको अवधारणालाई ट्रम्पले अगाडि बढाउने प्रयास गर्ने भएका छन् ।

त्यसक्रममा उनले टर्किका राष्ट्रपति ,साउदीका युवराज मोहम्मद बिन सलमान र जर्मनीकी चान्सलर एन्जेला मर्केलसँग पनि व्यक्तिगत भेटघाट गर्ने भएका छन् ।

जी ट्विन्टीमा यसरी विभिन्न क्षेत्रका शक्तिशाली सरकार प्रमुख र राष्ट्रप्रमुखसँग व्यक्तिगत भेटघाटको योजनाबाट ट्रम्पले अर्को कार्यकालका लागि हुने चुनावमा ठोस एजेन्डा बनाउन सक्ने राजनीतिक एवं कुटनीतिक सफलता हात पार्ने योजना बनाइरहेको देखिएको कतिपयको बुझाइ छ ।

साथै चौतर्फी युद्धको स्थिति तयार गरी अन्तर्राष्ट्रिय अर्थतन्त्रलाई कमजोर बनाइरहेको आरोप खेपेका ट्रम्पले ओसाकाबाट आशा प्रवाह गर्न खोजेको अमेरिकी अधिकारीहरूको भनाइ रहेको छ ।