दलाई लामाका एजेन्ट आशंका गरिएकालाई अन्तर्राष्ट्रिय विमानस्थलबाटै अमेरिका फकाईयो
काठमाडौ । अमेरिकाबाट दिल्लीको बाटो हुँदै आइपुगेको निर्वासित जीवन बिताइरहेका तिब्बती धार्मिक नेता दलाई लामाको एजेन्ट हुन सक्ने एक अमेरिकी यात्रुलाई राजधानीस्थित त्रिभुवन विमानस्थलबाट फर्काइएको छ ।
अध्यायगमन अधिकारीहरूका अनुसार पेन्पा छिरिङ नाम गरेका ५३ वर्षीय अमेरिकी यात्रुसँग केही घन्टाको सोधपुछपछि अमेरिका फिर्ता पठाइएको हो ।
न्युयोर्कबाट हिँडेका छिरिङ दिल्ली हुँदै काठमाडौ विमानस्थलमा ओर्लेका थिए ।
त्यहाँका अधिकारीहरूलाई शंका लागेपछि सोधपुछ गरिएको थियो । त्यसपछि उनलाई फिर्ता पठाइएको हो ।
छिरिङले देखाएको पासपोर्टमा उल्लेख भएका विवरणका व्यक्ति चीनमा सर्वाधिक खोजी व्यक्तिको सूचीमा रहेकाले उनलाई फिर्ता पठाइएको हो ।
छिरिङले नेपाल प्रवेश गर्न अनुमति दिन आग्रहको भएपनि उनीहरूले उनलाई प्रवेश गर्न नदिएको अधिकारीहरूको भनाइ रहेको छ ।
यसअघि छिरिङले सन् २०१३मा तीन दिन काठमाडौमा बसेको दाबी गरेका थिए ।
अध्यायगमनका अधिकारीहरूले उनको थप विवरण खुलाउन चाहेका छैनन् ।
यस्ता संदिग्ध व्यक्तिहरूको प्रवेशका लागि अनुमति दिन नहुने राखिएको प्रावधानको पालना गर्दै उनलाई फिर्ता पठाइएको हो ।
नेपालले एक चीन नीतिको पालना गर्ने भएकाले दलाई लामाका समर्थकहरूको गतिविधि हुन नदिने अन्तर्गत यस्तो कार्य गर्दै आएको छ ।
लामा भारतको धर्मशालामा निर्वासित जीवन बिताइरहेका छन् । उनले विश्वका विभिन्न ठाउँका तिब्बतीहरूसँगको सम्पर्क र बौध धर्मको प्रचार गर्दै आएका छन् ।
लामालाई सहयोग गर्नु भनेको चीनले आफू विरूद्ध गरेको षडयन्त्रको रूपमा लिने गरेको छ ।
प्रतिक्रिया