यसकारण बढ्दैछ सुनको मूल्य, आज फेरी नयाँ रेकर्ड, कति पुग्यो ?

यसकारण बढ्दैछ सुनको मूल्य, आज फेरी नयाँ रेकर्ड, कति पुग्यो ?

बजारमा सुनको मूल्य उच्च छ, पछिल्लो समय सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड राखेको छ ।  साताको तेश्रो दिन सुनको मूल्यमा प्रतितोला ५ सय बढेर पैंसठ्ठी हजार पाँच सय पुगेको छ । सुनको मूल्यमा पछिल्लो समय उतार चढाब आएको देखिन्छ भने नेपाली बजारमा सुनको मुल्य अझै केहिदिन बढ्न सक्ने ब्यवसायीहरु बताउँछन्। बजारमा सुनको मूल्य बढ्न थालेपछि ग्राहकहरु घट्न थालेका छन् ।

नेपाली बजारमा भने सस्तिएपछि किनौला भनेर महंगोमा किन्न हच्किन्छन् । ग्राहकहरुले सुनको मूल्य बढ्न थालेपछि नयाँ गहना किन्न भन्दा पनि पुरानो गहना गालेर आवश्यकता पुरा गर्ने र कतिपय ग्राहकहरुले घरायसी गर्जो टार्न समेत पुरानो गहना विक्री गर्न ल्याउने ब्यवसायीहरु बताउँछन् । एक सुन पसल संचालकले दुखेसो पोख्दै भने मूल्य बढ्यो भनेर के गर्नु, खरिद गर्ने ग्राहक छैनन्, विक्री गर्नेको लर्को आउँछ, कसरी ब्यवसाय संचालन गर्ने ?

सुनको मूल्य दैनक बढ्नुको मुख्य कारण भने अमेरिका र इरान विच बढ्दो तनाव र युद्ध तयारीले गर्दा न्यूयोर्कको आर्थिक बजार प्रभावित भई सुनको भाउ अन्तराष्ट्रिय रुपमै बढ्न पुगेको हो । यसको अतिरिक्त अमेरिका र चीन विच चलिरहेको ब्यापार युद्ध, फेडेरल बैंकको ब्याजदर घटाउने घोषणा गरी नघटाए पनि लगानीकर्ता सुनतिर नै आकर्षित भएकाले र अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य समेत बढेकोले सुनको मुल्य उच्च भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।