ईश्वर जोगाऔं अभियान

ईश्वर जोगाऔं अभियान

सइन्द्र राई

मैले प्राथमिक तहको शिक्षा लिएको स्कुलछेउ बुढेसकालले छुँदै गरेका एक धामी हजुरबाको घर थियो । उनी विद्यालयको एक्ला विरोधी । हामी केटाकेटीले प्रार्थनामा खेल्ने पिटी अनि राष्ट्रिय गानको सामूहिक धुनबाट मेलापातमा भएकाहरुले पनि बिहानको दश बजेको थाहा पाउँथे । सँगै, धामी हजुरबाको चर्को विरोध सधैं सुनिन्थ्यो । 


विद्यालय खुलेपछि तन्नेरी÷तरुणाले मेलापातको काम छाडेको अनि उमेर पुगेका केटीहरू दिनभर अल्मलिएकाले संस्कृति बिग्रिएको चिन्ता गर्दैै शिक्षक–शिक्षिकालाई चर्को श्राप दिन्थे । धामी हजुरबाको श्राप सुनेर हामी कोही खित्का छाडेर त कोही मनमनै हाँस्थ्यौं । तर, गाउँमा प्राथमिक तहको मात्रै होइन, अहिले त स्नातक तहसम्मको पढाइ हुन थालिसक्यो । धामी हजुरबाको संस्कृति जोगाऔं अभियानले विद्यालय शिक्षा रोकिएन । 

......................................

धामी हजुरबा बितेर जानुभयो । म कलेज पढ्ने भइसकेको थिएँ । अखबार, रेडियो, टेलिभिजनजस्ता आमसञ्चार माध्यममा आउने समाचार हुन्थ्यो– पुल बनेकाले माझीको संस्कृति जोखिममा । विद्यालयको विरोधजस्तै पुलको विरोध त हुन्थेन । तर, शैली र भाव भने लगभग मिल्थ्यो । आजभोलि माझीकै छोराछोरी इञ्जिनियर बन्न थालिसके । पुल बनेर डुङ्गा चलाउने पेशा सङ्कटमा परेको समाचार खासै देखिन छाडिसक्यो । 

तर पनि जोगाऔं, बचाऔं भन्ने नाराका थुप्रै अभियान रोकिएका छैनन् । जोगाउने चिन्ताका विषयहरूको लामै फेहरिस्त तयार हुन्छ । हिन्दू धर्म जोगाऔं, राजतन्त्र जोगाऔं, चन्द्र शमशेरको सिंहदरबारबाट हुने हुकुमी शासन जोगाऔं, छाउगोठ र दाइजो प्रथा ९पुराना पुस्ताकाहरुमा० जोगाऔं इत्यादि । तर, देशमा जबर्जस्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको मार्गदर्शनमा शासन चलिरहेको छ । बचाऔं र जोगाऔं भन्ने अभियान किनारातिर बेजोडले धकेलिएको छ । 

अनि, २०७२ को संविधानको आलोकमा सम्पन्न निर्वाचनबाट नेकपाले दुई तिहाई नजिकको मत पाएकाले केपी शर्मा ओली नेतृत्वको सरकार बनेको छ । त्यतिमात्र होइन, दुई नम्बर प्रदेशबाहेक छ वटा प्रदेश र चार सय बढी स्थानीय सरकारको नेतृत्व नेकपाले गरिरहेको छ । अनि, त्यही पार्टीका केही नेताहरू जनताको बहुदलीय जनवाद ९जबज० जोगाऔं अभियानमा जुटेका छन् । उनीहरूको तर्क छ– नेपालमा कम्युनिस्ट आन्दोलन जोगाउने एउटै ब्रम्हास्त्र जबज हो । 

जबजबारे छुट्टै आलेख नै तयार पारौंला । यो आलेखमा भने नेपालको निकट इतिहास नै साक्षी बन्न पर्याप्त जोगाऔं र बचाऔं अभियानबारे मात्रै चर्चा गरिनेछ । अनि कसरी ती जोगाऔं र बजाऔं अभियान निरर्थक सावित हुँदै आए त रु यसबारे छलफल गरिनेछ । 

सोभियत युनियनसहित विश्वभरका कम्युनिस्ट सत्ता भत्किरहेका बेला मदन भण्डारीले जसरी संसदीय अभ्यासमार्फत् पनि कम्युनिस्ट सत्ता निर्माण गर्न सकिन्छ भन्ने मोडेल र कार्यक्रम ल्याए, त्यो परिस्थितिमा असान्दर्भिक थिएन । तर, यो कार्यक्रम नै जोगाऔं र बचाऔं भन्ने अवस्थामा पुगेको हो रु यदि त्यस्तो हो भने त अब यो जोगिन सम्भव छैन । किनभने जोगाउने चिन्ता नजोगिने खतरा बढ्दै गएका बेला मात्रै अनुभूत हुन्छ । 

मलाई लाग्दैन, संसदीय निर्वाचनमार्फत् कम्युनिस्ट पार्टीको सत्ता र जनपक्षीय निर्णय हुने विषय लोप भएर जाँदैछ । बरू, अझ बलशाली बन्दै गएको छ । किनभने, नेपालको संविधानको प्रस्तावनाले नै समाजवाद उन्मुख अर्थ–राजनीतिलाई सुनिश्चित गरेको छ । चिन्ता त बरू संविधानको क्रान्तिकारी आलोक बुझ्ने र कार्यान्वयन गर्न सक्ने पार्टी र नेताहरू हामीसँग मौज्दात छन् कि छैनन् रु भन्नेमा छ ।

शब्दको अडानले सारको गति अवरूद्ध गर्न त खोजिंदै छैन रु कम्युनिस्ट सत्ताका लागि एकीकृत पार्टी निर्माण जस्तो महान् कार्यलाई व्यक्तिगत स्वार्थले अवरूद्ध पार्ने दुष्प्रयास त गरिंदै छैन रु तर, ढुक्क छु– समयले यसको जवाफ दिनेछ । किनभने, समय गतिशील छ । उसले इतिहास, वर्तमान र भविष्यका लागि उचित पात्र र परिस्थिति चयन गर्नेछ । त्यसैले त अलौलिकताको शासन सत्ता जबर्जस्त भत्कियो । अलौलिकताको शासन स्वरूपा ईश्वर स्वयम्ले आफ्नो परम्परागत ठेगाना बदले । परिचय र प्रचलन पनि फेरे ।

तर, अहिले फेरि नेपाली कम्युनिस्ट आन्दोलनमा लामै समय खर्चिएकाहरू ईश्वर जोगाऔं अभियानमा जुटेका छन् । जबज ईश्वरजस्तै हुन् भनेर माक्र्सवादलाई नै धार्मिक पात्र र परिचयसँग तुलना गर्न खोजिंदैछ । अनि भुलिएको छ– समयले आफ्नो परिचय एकक्षण पनि यथास्थितिमा राख्न सक्दैन । यो विज्ञानको विशेषता हो । गतिशीलता भुल्ने र तथ्यहरुको आधारमा नभई महापुरूषहरूको महावाणीलाई समाज सञ्चालनको आधार बनाउने प्रयास भइरहेको छ । 

पक्कै पनि भइरहेको गुमाउने रहर र मन मानवीय संवेदनाका लागि सहज विषय होइन । जन्म दिने आमाको पार्थिव शरीर अगाडि सन्तान हाँसेर बस्दैनन् । तर, जति रोइकराई गरे पनि पार्थिव शरीरको अन्त्येष्टि गर्नु वर्तमानको कार्यभार हो । जतनसाथ लगाएको लुगा पुरानो भएपछि फाल्छौं । यो इतिहासको अकाट्य निरन्तरता हो । 

राजनीतिक आन्दोलनको नाम फेर्न पनि सजिलो नहोला । धेरैलाई एमाले भन्ने नामसँग प्रेम छ, धेरैलाई माओवादी नामसँग । तर, दुबै नाम नफालेको भए नेकपा जन्मन्थ्यो रु एकीकृत पार्टी र दुई तिहाई नजिकको नेकपा सरकार बन्थ्यो रु नयाँ जन्मन पुरानो विलोप माक्र्सवाद हो । किनभने सँगै सधैं सबै जोगाउन सकिंदैन । 

अन्त्यमा, आग्रह छ– अहिले जे–जस्ता जोगाऔं र बचाऔं अभियान चलाइँदैछ, ती कुनै पनि जोगिने छैनन् । किनभने ती विषय आजको जनादेशसँग सापेक्षित विषय होइनन् । देशमा अब धर्मले शासन गर्नेवाला छैन । धार्मिक देशलाई जोगाऔं अभियान सार्वजनिक खपतका कुरा मात्रै हो । राजा फर्काउने, दाइजो प्रथा कायम राख्ने र छाउगोठ जोगाउने अभियानजस्तै अहिलेको एकीकृत नेकपा निर्माणमा पुराना शब्दहरू प्रतिगामी होइनन् रु 

ईश्वरको ठाउँमा विद्यालयले समाज पढाएकोमा दुःखी धामी हजुरबाजस्तै विरोध जनाउन त सकिन्छ । तर, धामी हजुरबालाईजस्तै कसैले खित्का छोडेर र केहीले मनमनै हाँसिदिन्छन् । यो ईश्वर जोगाऔं अभियान पुल बनेपछि डुङ्गा चलाउने माझीको संस्कृति लोप हुनेप्रतिको चिन्ताभन्दा फरक छैन । जे–जस्ता नाम दिइए पनि जनवाद जनताको आवश्यकता र न्यायमा आधारित हुन्छ, घटनाक्रममा निर्मित मिथकमा मात्रै अड्केर बस्दैन । समयबद्ध साप्ताहिकबाट