वामपन्थ: पाइथागोरसवादमा अल्झेको आन्दोलन

वामपन्थ: पाइथागोरसवादमा अल्झेको आन्दोलन

भवानी बराल 

दक्षिण एसियाको साम्यवादी आन्दोलनको उतारचडाब चक्र एक फन्को मारेर वाम आन्दोलनको मझेरीमा आइपुगेको छ । कुनै समय थियो भारतका नक्सलवारी शसस्त्र किसान क्रान्तिका नायक चारु मजुमदारले ‘सत्तरका दशक मुक्तिका दशक’ हो भनेर घोषणा गरेका थिए । भारत मुक्त त भएन तर मुजुमदारले जिवनबाटै मुक्ति पाए ।

भारतको नक्सलवादी आन्दोलनको प्रतिलिपी भाmपा विद्रोहमा अनुवाद भयो । तर यो आन्दोलन पनि विषयान्तर हुँदै संसदीय व्यवस्थामै हेलियो । नेकपा (माओवादी) को नेतृत्वमा पेरुभियाली क्रान्तिबाट प्रभावित चीनीया मोडेलको ‘गाउँबाट शहर घेर्ने’ अर्को माओवादी विद्रोह पनि नेपालमा भयो । यो विद्रोह पनि ‘संघीय लोकतान्त्रिक गणतन्त्र’मा आएर निस्सासिएको छ । एकाध कम्युनिष्ट पार्टी छोडेर नेपालका कम्युनिस्ट पार्टीहरु आन्दोलनको उत्कर्ष गन्तव्यबाट फनक्क फर्केर वाम आन्दोलनको पेटीमा आइपुगेका छन् । यसरी वाम आन्दोलनमा आइपुगेका कम्युनिस्ट पार्टीहरु अर्को रनभुल्लमा परेका छन् ।

वामपन्थको यात्रा :

प्रचलित, परम्परागत, नीति, नियम, कानून, विधिविधानको विरुद्ध जानू वा बर्खिलाप गर्नु वामपन्थ हो । प्रगतिको विरुद्ध, यथास्थितिको पक्षमा जानु दक्षिणपन्थ हो । यथास्थिति विरुद्ध जानु पुरातन विचार र परिस्थतिलाइ शिघ्र आमूल परिवर्तन गरी अग्रगमनमा लैजाने मत नै राजनीतिक विज्ञानमा वामपन्थ भनिन्छ, तर अग्रगमन समयसापेक्ष हुन्छ । अग्रगमन वासी हुँदैन । आजको अग्रगमन भोलीको लागि यथास्थिति हो । यसैलाइ अर्को शब्दमा वाममार्ग पनि भनिन्छ ।

तर, वाममार्ग पूर्वीय परम्पराको एक पन्थ पनि हो । तन्त्र साधनाद्वारा तन्त्र, मन्त्र, अभिचार आदि काम गर्नु, मासू, मद्यपान उपयोग गर्ने धार्मिक मत पनि वाममार्गको परिभाषा हो । यो परिभाषा यहाँ किन उल्लेख गरिएको हो भने नेपालका कम्युनिष्टहरु वामपन्थबाट वाममार्ग तिर लहसिएको अर्थमा हो । वामपन्थमा छन कि वाममार्गको यो परिभाषा नजिक पुगेका छन आम शुभेच्छुकहरुलाइ कसी लगाएर हेर्न उपयुक्त हुन्छ भनेर नै उल्लेख गरिएको हो ।

पाइथागोरसवादको यात्रा

पाइथागोरसवाद सिद्धान्तले जहिल्यै गणितलाइ प्रधान मान्छ । गणितको प्रतिक र अंकहरुको अन्धविश्वाससंग यो विचार सम्बन्धित छ । गणितसंगमात्र सम्बन्धित भएकोले यसले रहस्यवादलाइ संरक्षण गर्ने र बढाउने काम ग¥यो । नेपालका कम्युनिष्टहरु अहिले यहि पाइथागोरसवाद विचारको सिकार भएका छन् । केन्द्रिय कार्य समितिदेखि कार्यकर्तासम्मको अंक गणितमा भुलेको छ । र, अर्को चुनावमा पनि अघिल्लो मतादेशको अंक गनेर ढुक्क भएको छ ।

यूनानी दार्शनिक पाइथागोरसले इ.पू. ५०० तिर यो विचार अगाडि सारेका थिए । उनैको नामबाट राजनीतिक शास्त्रमा यो वाद प्रख्यात छ । यो विचारले वस्तुको गुणलाइ होइन परिमाणलाइ सार ठान्दछ । परिमाणको निरपेक्षीकरण गर्ने र त्यसलाई भौतिक वस्तुबाट अलग  गराउँछ ।

पाइथोगोरसवादको नराम्रो सिकार भारतका कम्युनिष्टहरु भैसकेका छन् । नेपालका कम्युनिष्टहरु यो विचारको आंशिक सिकार हुँदै आएका छन्, पूर्ण सिकार भैसकेका छैनन् । पूर्ण सिकार नभइन्जेल यसको प्रभाव पनि परिरहन्छ । यसर्थ अहिले उनीहरु यसैमा रमाएका छन् । प्रतिनिधिसभा (संसद) र प्रदेश सभाको गणितमा फूलेल भएका छन् । कुनैबेला भारतीय कम्युनिष्टहरु लोकसभामा गणितको माध्यमबाट सरकार गिराउने, बनाउने स्थितिमा पुगेका थिए । पश्चिम बंगाल, त्रिपुरा र केरला प्रदेशमा सत्ताको ढलान हेरेर राजनैतिक भूकम्पको कल्पनासम्म गर्न विर्सेका थिए । भारतीय कम्युनिष्टहरुको वर्तमान पतनबाट नेपाली कम्युनिष्टहरु अलिकति पनि सचेत भएको देखिन्न । त्यसमाथि सत्तारुढ कम्युनिष्ट पार्टी नेकपाले त नजरअन्दाज नै गरेको छ । 

विचार निर्माणको सवाल

दक्षिण पन्थसंग टक्कर लिन विचार निर्माण गर्न आवश्यक छ । हिंसा र पैसाको राजनीतिसंग जुध्ने आजको वाम विचारको कार्यसूची के हो ? परम्परागत वाम विचारको नविकरण नयाँ आधारमा कस्तो हुन्छ ? नेपाली समाजको अन्तरविरोधको आवश्यक संश्लेषणको सांख्यिक परिचित्रको जगले सत्ताको दलान निर्माण गर्छ । नेपालको सन्दर्भमा अग्र्यानिक वाम विचारको रुपरेखा तय भएको होइन । नव उदारवादको विकल्प, आर्थिक, सामाजिक रुपान्तरणको मार्ग, क्रोनिक पुँजीवाद विरुद्ध नयाँ पुँजीवादको ढाँचा, राज्य नियन्त्रित औधोगिकरण वा कर्पोरेट औधोगिकरण, गरिबी, शोषण उत्पीडन, स्वशासन आदि मुद्धाका प्रश्नको जवाफतलव हुनु पर्छ ।

नत्र अहिलेकै अवस्थामा झैं वाम कुरा गरेर दक्षिण फर्किने प्रवृत्तिले तारको घरझै वाम आन्दोलनलाइ रसातलमा पु¥याउने छ । तेस्रो विश्वमा माक्र्सवादको अझै जरुरी छ भन्ने हेक्का राख्न सकिएन भने वाम आन्दोलन मात्रै होइन वर्लिनको पर्खाल ढलेको पनि पत्तो पाइने छैन । ( समयबद्ध साप्ताहिकबाट)