दुई तिहाइको सरकार र अन्तिम मौका

दुई तिहाइको सरकार र अन्तिम मौका

 आर.सी. न्यौपाने
    
म को हुँ ? म कहाँबाट आए ? यो विश्व के हो ? भन्नेबारेमा गरिएको चिन्तन, मनन, अध्ययन, खोज, अनुसन्धान, अन्वेषण एवं विवेचना दर्शन हो । पूर्वीय दर्शनको अन्तिम लक्ष्य दुःख निवृत्ति, विजय तथा मुक्ति प्राप्ति पनि हो । आज धर्म, संस्कृति, सभ्यता, कला, साहित्य, इतिहास, राजनीति, दर्शन समग्र क्षेत्रमा अराजकताको लहड देखापरेको छ । यो असल परम्परा र इतिहासको भ्रष्टीकरणमा लिप्त छ । यसले ऐतिहासिक पहिचान एवं गौरवको मूल्यबोधलाई क्षयीकरण गर्ने निश्चित छ । राष्ट्रिय एकताको मजवुत आधार निर्माणका साझा सामाजिक, सांस्कृतिक राजनीतिक, आर्थिक तथा ऐतिहासिक पहिचान र विकासका राष्ट्रिय एजेण्डाको सम्बोधन अहिलेको आवश्यकता हो । भूगोल, जनसंख्या, सरकार, सावैभौमसत्ता जस्ता राज्यका महत्वपूर्ण तत्वको जगमा सम्वृद्ध नेपाल एवं सुखी नेपाली परिवर्तनको मूल मर्म हो । नेपालको संविधान, २०७२ ले टेकेको जग अराजकता, विखण्डन एवं ख्रिष्टानीकरण हो भन्ने कुरा त्यतिबेलै पनि उठेको विषय थियो र यस्तो हुनु मानव सभ्यताको विकासको लागि हानिकारक छ । 


स्मरणीय छ, तत्कालीन समयमा संविधान जारी हुँदाखेरी जारीकर्ताहरूबीचको शक्ति असन्तुलनको प्रभाव नाकाबन्दीको रूपमा प्रकट भयो । यसै परिस्थितिका बीच राष्ट्रिय आवश्यकताले के.पी. शर्मा ओली प्रधानमन्त्रीको जिम्मेवारीमा आउनु भयो । जारी संविधानको विरूद्ध भारतीय नाकाबन्दीको मञ्चनलाई चिर्दै तत्कालीन राष्ट्रिय अभिमतलाई सकारात्मक दिशमा डो¥याउन प्रम ओलीको नेतृत्वमा नेपाल चीन बीच १० बुँदे सहमति सम्पन्न भयो र त्यसैको जगमा राष्ट्रपति भण्डारीद्वारा ७ बुँदे सम्झौता हुन पुग्नुलाई युगीन कार्यसम्पादनको रुपमा बुझिएको छ । 

यस कार्यमा छिमेकी चीन र आम नेपाली राष्ट्रप्रेमी वामपन्थी एवं देशभक्त जनमत एउटै लयमा उभियो । परिणामतः दुई तिहाईको सरकार विद्यमान छ । तर, यतिखेर आपूmले निर्वाह गर्नुपर्ने भूमिकाबाट पार्टी र सरकार चुक्दै गएको घटनाक्रमबाट स्पष्ट देख्न सकिन्छ । नेपाल चीन सम्झौताकै जगमा निर्माण हुन पुगेको पछिल्लो वामगठबन्धन र वामको बहुमतसहितको सरकार संविधानसँग जोडिएर आएका गल्ती कमजोरीलाई ताजा जनमतको बलमा सच्याउन जनताले दिएको म्यान्डेटको रूपमा बुझ्नु पर्छ । आजकल दुनियाभर कानुनले ठगिरहेको छ । चिकित्साशास्त्रले ठगिरहेको छ । सरकारले पनि जनतालाई ठगिरहेको देखिन्छ । सरकारका उच्च पदस्थ अधिकारीहरू भ्रष्टाचारको, घुसखोरीको अभियोगमा परेका छन् । सेना, प्रहरी, अदालत, संसद, कर्मचारीतन्त्र, उद्योगी, व्यापारी घुस्याहा भइरहेको हामी सबैले देखिरहेकै छौं भने आदर्श समाज खोई कहाँ छ ? 

भौतिक श्रीसम्पत्ति जोड्न मानिसहरू यति विघ्न पागल भइरहेका छन् कि अचेल तिनीहरू पशुसमान कुकुर, विराला बन्न पुग्नु निश्चय नै दुःखको कुरा हो । ओली नेतृत्वमा सरकार गठन प्रक्रियाको आरम्भदेखि नै देखापरेका विचलन सच्याउनुको अलावा यहाँसम्म आइपुग्दा विचलनको क्रमिकता पाएको दृष्टान्तबारे आज जनता अनभिज्ञ छैनन् । आमजनताको आशा, भरोसा र विश्वासको जगमा निर्माण हुन पुगेको पार्टी सरकारबाट जनताले राखेका अपेक्षा अपूर्णताकै बीचबाट जारी हुन पुगेको संविधान, २०७२ को संशोधन मार्पmत राष्ट्रिय एजेण्डाको मूर्त सम्बोधन हो । राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, भाषिक रूपमा मुलुक विखण्डन गर्न लामो समयदेखि क्रियाशील पश्चिमा साम्राज्यवादले नेपालको अखण्डता, सार्वभौमिकता समेत खण्डित गर्न गरेको पछिल्लो प्रयासको संस्करण चर्चको व्यानरमा देखापरेको छ । 

यस्ता गतिविधिले नेपाली जनतान्त्रिक आन्दोलनको हुर्मत लिन कुनै कसर बाँकी राखेको छैन । इतिहासको यस लामो कालखण्डमा हजारौं हजारको बलिदान, त्याग, तपस्या र विश्वास क्रिश्चियनको चरणमा समर्पण गराउनु अकल्पनीय विषय हो । यस्तो निम्नस्तरको घृणित कार्यको समग्र वामपन्थी कार्यकर्ता पङ्ति र जनपङ्तिले जति निन्दा गरे पनि अपुग हुने स्पष्ट भएको छ । यस जटिल राष्ट्रिय मोडमा राज्यका निर्णायक स्थायी सत्ताका अङ्गहरू र सचेत, जिम्मेवार जनपङ्तिm राष्ट्रिय एजेण्डाको जगमा घृणित कार्यको अवज्ञामा उभिनु नै संकटको मोचन हो । अब आवरणको राजनीतिलाई घुलिसात पार्दै यथार्थको जीवन पद्धति स्थापानार्थ राष्ट्रिय नवजागरण अहिलेको आवश्यकता हो । विश्वासलाई धोकामा रूपान्तरित गर्न उत्साहित वर्तमान हाम्रो नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) सरकारको नेतृत्व जनताको नजरमा भरोसायोग्य नरहेको प्रमाणित हुँदै जानु देश र जनताकै दुर्भाग्य हो । यस्तो रवैयाले न चिनियाँ सद्भाव न त नेपाली जनताको विश्वास प्राप्त गर्न सकिन्छ । कुनै पनि वैचारिक आवरणमा नेपाल विरूद्धको हमला नेपाली जनजीवनलाई सह्य छैन । 

नेपालमा साम्राज्यवादको सक्रियता आधारभूत भौतिक पूर्वाधारसहितको त्रिपक्षीय (नेपाल, भारत, चीन) साझेदारीको सम्भावनालाई भत्काउँदै फ्री तिब्बत गतिविधिको तिव्रतासहित चीन–भारतको विखण्डन र दक्षिण एसिया कब्जाको प्रपञ्चित दीर्घकालीन योजना हो । पश्चिमा साम्राज्यवादको यस कुटिल अभ्यासलाई भारत र चीनले कसरी हेरेका छन् ? त्यो आगामी दिनमा प्रष्ट हँुदै जाला ।  वर्तमान ओली सरकार र सिंगो कम्युनिस्ट पार्टी समय नघड्किँदै सजग रहेर मूर्त राष्ट्रिय एजेण्डाको जगमा खरो रुपमा उत्रनु देश र जनताको हितमा हुन्छ । यसर्थ, विश्वकै उच्च आदर्श, दर्शन, मानव कल्याण र ज्ञानविज्ञानको उत्पत्तिस्थल, खोज अनुसन्धानको मूलथलोको मौलिक पहिचान, चन्द्रसूर्य ध्वजा अटल अमर छ । यो सांस्कृतिक वैभव नेपाल र नेपालीको आत्मिक भौतिक चिन्तन एवं समुन्नत जीवनको पर्याय हो । राज्यको सुशासन, समृद्धि एवं मानव कल्याणको लागि नीतिशास्त्रको ठूलो महत्व हुने गर्दछ । नीतिशास्त्र समस्त जगत्को उपकारक र मर्यादापालक हो । 

राज्यसत्ता बाटो बिराउने पात्रको वशीभूत बनी लामो समय कुरेर बस्न सक्दैन । यसको हेक्काको अन्तिम मौकाको घन्टी मुलुकमा बजिसकेको छ । सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओली र प्रचण्डले यस कमजोरीउपर बेलैमा गम्भीर आत्मसमीक्षा गरी मूर्त राष्ट्रिय एजेन्डाको जगमा नेपाली राजनीतिमा देखा परेका जटिल राजनीतिक एवं अनेकन समस्या समाधानार्थ  वैज्ञानिक सम्बोधन गर्न जरुरी छ ।