‘गलबन्दी’मा शम्भु राई र प्रकाश सपुतले गरे सहमतिः गित शम्भुको, संगीत प्रकाशको !

‘गलबन्दी’मा शम्भु राई र प्रकाश सपुतले गरे सहमतिः गित शम्भुको, संगीत प्रकाशको !

काठमाडौं । गलबन्दी च्यातियो तिमीले तानेर...बोलको गितमा विवाद सिर्जना भएपछि गायक प्रकाश सपुत र शम्भु राइले सहमति गरेका छन् प्रकाश सपुतले ‘गलबन्दी’ बोलको गीत सार्वजनिक गरेपछि अर्का गायक शम्भु राईले उक्त गीतको भाका आफूले पहिल्यै गाएको भन्दै नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारमा निवेदन हालेका थिए ।

यो गित जति चर्चित हुँदै गयो यसका बारेमा विवाद पनि उत्कर्षतिर उक्लिदै गयो । सदनमासमेत केही साँसदले गितका बारेमा आवाज उठाए । 

यही कारणले गर्दा यी दुई गायकबीच सहमति भएको छ । सहमति अनुसार 'गलबन्दी' गीत शम्भु राईको हुने भएको छ भने प्रकाश राइले पुनः संगीत भर्नुपर्ने भएको छ । सहमति अनुसार गीतमा अब राई र सपुत दुवैको नाम समावेश हुनेछ ।
यो गितबाट उठेक आर्थिक रकम प्रकाशले एकलौटी पाउने भएका छन् भने शम्भुले बिभिन्न निकायमा दर्ता गरेको उजुरी फिर्ता लिने भएका छन् ।