गोंगबु बानियाँटारपुल नजिक आगलागी, लाखौंको क्षति

गोंगबु बानियाँटारपुल नजिक आगलागी, लाखौंको क्षति

१२ असार, काठमाडौं । गोंगबु बानियाटाकै एक खाजाघरबाट मध्यरातमा आगो सल्किएर फैलिदा सिंगो घर टहरा जलेर नष्ट भएको छ । आगोले एउटा खाजाघर, किराना पसल, बजाजको साझा बाइक सर्भिस नष्ट भएको छ  । राती २ बजे तिर लागेको आगो उक्त खाजाघरबाट आगो फैलिंदा नजिकैको बजाजको अथोराइज बाइक सर्भिस सेन्टरमा  फैलिएको थियो । आगो यसरी फैलिसकेको थियो कि दमकलले पानी हाल्दा आगो झनै दन्किएको देखिन्थ्यो । 

बजाजको आधिकारीक बाइक सर्भिस सेन्टरमा सर्भिस गर्न राखिएका पाँचबटा मोटरसाइकल जलेर नष्ट भएका छन् भने सर्भिस सेन्टरको छानो समेत खसेको छ । आगलागीहुँदा उक्त खाजाघरको ग्यास सिलिण्डर ठूलो आबाजको साथ बिस्फोट भएको थियो । विस्फोटपछि भने स्थानीयहरु थाहा पाएर २.३० बजेनै आगलागी स्थलमा पुगेका थिए । आगो निभाउन दुई बटा दमकल र ठूलो संख्यामा प्रहरी परिचालन भएको थियो । साझा बाइक सर्भिमा रहेका स्टाफ भने एकैचोटी आगो दन्किएको देखेपछि पछाडीको ढोकावाट भागेका थिए । साझा सर्भिस सेन्टरबाट एउटा मोटरसाइकल निकाल्न भ्याएका थिए यद्यपी कतिवटा मोटरसाइकल आगोमा परे खुल्न सकेको छैन । बाइक सर्भिस भएको ठाउँमा आगोका लप्काहरु निभाउन हम्मे परेको थियो । निभाएपछि पनि फेरी फैलिएको देखिन्छ ।

अहिले आगलागी पूर्णतय नियन्त्रणमा आइसकेको छ । थप क्षतिको विवरण भने आइसकेको छैन । के कारणले आगलागी भएको भन्ने खुल्न सकेको छैन । प्रारंभिक रिपोर्ट अनुसार खाना पकाउने ग्यास लिक वा विजुली सर्टबाट भएको हुनसक्ने बताइएको छ ।