पृथ्वीका हरेक मानिसलाई अर्बपति बनाउने सानो तारा

पृथ्वीका हरेक मानिसलाई अर्बपति बनाउने सानो तारा

काठमाडौ । ७०० क्विन्ट्रिलियन अमेरिकी डलर बराबरको मूल्यवान धातुहरू भएको एक सानो तारा पृथ्वी भएको सौर्यमण्डलमा फेला परेको छ ।

अनुमान गरिए अनुसार यहाँ सुनजस्ता मूल्यवान धातुहरू भए धरतीका हरेका व्यक्ति अर्बपति हुनेछन् । अहिले अनुमान गरिएको ७०० क्विन्ट्रिलियनलाई बुझ्दा एक हजार अर्ब बराबर एक ट्रिलियन हुँदो रहेछ । एक हजार ट्रिलियन बराबर एक क्विन्ट्रिलियन हुँदो रहेछ ।

सामान्यरूपमा हामीले सिकेको गणना भन्दा धेरै टाढाको अंक हो । यति मूल्य बराबरको सुन जस्ता धातु हुन सक्ने यो सानो ताराबाट बहुमूल्य धातुमाथिको वर्चस्वको दौडमा शक्तिशाली देश लाग्ने नै छन्् । 

यो तारालाई साइक सिक्सटीन भनिएको छ । यो मंगल ग्रह र वृहस्पति ग्रहबीचमा रहेको छ ।

यो तारामा भएको बहुमूल्य धातुको यो मूल्यांकाका आधारमा हरेक मानिसको भागमा कम्तीमा १ ट्रिलियन डलर बराबर पर्नेछ । हरेक मानिस अर्बपति बन्ने छन् ।

अमेरिकाको अन्तरिक्ष अध्ययन संस्थान नासाले  यो तारामा भनिए जति बहुमूल्य धातु सुन, फलाम र निकेलको परिमाणको ठोस जानकारी प्राप्त गर्ने अभियान सन् २०२२ देखि शुरू गर्ने भएको छ ।

युरो सन माइनिङका प्रमुख कार्यकारी स्कट मूरले यो सुनको ताराबाट हरेक वर्ष ४० देखि ५० लाख अउन्स सुन बजारमा ल्याउन सकिने बताए ।

तर यो सुनको तारा पृथ्वीबाट धेरै टाढा रहेको छ ।

२१औं शताब्दीमा सुन प्राप्तिको दौड अन्तरिक्षमा हुनेछ ।

यसको प्रमाण सबुत संकलन गर्न २५ वर्ष लाग्न सक्छ र यसको व्यापारिक उत्पादन गर्न ५० वर्ष लाग्नेछ ।

यो सुनको ग्रहमा भनिएजति धातु भए अन्तरिक्षमा प्रविधिकिो उन्नति र आर्थिक सहजता निसन्देह प्राप्त हुनेछ ।

यो दौडमा चीन निसन्देह वर्चस्व कायम गर्न खोज्छ ।

पृथ्वीबाट ७५ करोड किलोमिटर टाढा रहेको छ ।

तर यो खोजीबाट अध्ययनको अर्को पार्टी खुल्न गएको छ ।

यस्ता ताराहरू पृथ्वको कक्षमा आउने गरेको त्यसलाई पानीमा फालिने गरिएको छ ।

अब त्यस्ता साना ताराबाट बहुमूल्य धातु निकाल्न सकिनेछ ।

अलाइड मार्केट रिसर्चले गरेको अनुमान अनुसार सन् २०२५सम्म यस्ता ताराहरूको खानीबारे ३.८ अर्ब अमेरिकी डलर बराबरको खर्च भइसक्नेछ ।

मोर्गन स्टानलीले अहिले अन्तरिक्षको अर्थतन्त्र ३ खर्ब ५० अर्ब अमेरिकी डलर बराबरको भएको अनुमान गरेको छ । सन् २०४०सम्म यो बढेर २.७ ट्रिलियन पुग्नेछ ।

लग्जम्बर्गमा १० अन्तरिक्ष खानी कम्पनीहरू सन् २०१६यता स्थापना गरिएका छन् ।