पूर्वी साइबेरियामा विमान दुर्घटना, २को तत्काल मृत्यु ७ घाइते

पूर्वी साइबेरियामा विमान दुर्घटना, २को तत्काल मृत्यु ७ घाइते

काठमाडौ । पूर्वी साइबेरियामा भएको विमान दुर्घटनामा कम्तीमा दुई जनाको मृत्यु भएको र आधा दर्जन बढी घाइते भएका छन् ।

एन्टोनोभ एन २४ ट्विन टर्बोप्रोप हवाइ जहाज दुर्घटना भएको हो । यो विमान अङ्गारा एयरलाइन्सले सञ्चालन गर्दै आइरहेको थियो ।

यो दुखद घटना आकस्मिक अवतरण गराउन खोज्दा पल्टिएर भएको भिडियोमा देखिएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार धुवाँको लामो मुस्लो निस्केको थियो ।

हवाइ जहाजका कर्मचारी दुई जनाको मृत्यु भएको प्राथमिक सूचनामा जनाइएको छ । कम्तीमा ७ जनालाई अस्पतालमा उपचार भइरहेको छ । अन्य ४३ जनालाई विमानबाट उद्धार गरिएको छ ।