इरान अमेरिका तनाव घटाउन जापान सफल हुनुपर्ने आवश्यकता

 इरान अमेरिका तनाव घटाउन जापान सफल हुनुपर्ने आवश्यकता

काठमाडौ । जापानले ओसाकामा आयोजना गरेको जी ट्विेन्टीको  शिखर सम्मेलनमा पर्सियाको खाडीमा चर्किदै गएको इरान र अमेरिकाबीचको तनावलाई कम गर्न भरमग्दुर प्रयास गर्नुपर्ने देखिएको छ ।

मध्यपूर्वका हरेक देशहरूसँग राम्रो सम्बन्ध भएकाले पर्सियाको खाडीमा बढदै गएको तनाव कम गर्न जापान सफल हुन सक्ने अपेक्षा गरिएको छ ।

जापानको अन्तर्राष्ट्रिय मामिला प्रतिष्ठानका विज्ञ मारी नुकीले खाडी युद्धसम्भावनालाई समाप्त पार्न र त्यस क्षेत्रमा शान्तिपूर्ण वातावरण बनाउनु जापान आफैलाई पनि महत्वपूर्ण हुन सक्ने बताएका छन् ।

जापानको ओसाकामा जी ट्विन्ेटीका सदस्य तथा पर्यवेक्षक देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुख पुग्ने क्रम जारी भइसकेको छ ।

जुन २८–२९ दुई दिने शिखर सम्मेलनको क्रममा पुग्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लगायत यो मामिलाका सरोकारबालासँग जापानले छलफल अगाडि बढाउन मध्यस्थता गर्न सक्ने अवसरको प्रयोग गर्न सक्छ ।

जापानी प्रधानमन्त्री सिन्जो आबेले यस मामिलामा पहल गर्नुपर्ने अर्को कारण भनेको अमेरिकासहितका इरानसँग भएको बहुपक्षीय समझौताका एक हस्ताक्षरकर्ता जापान पनि रहनु हो ।

जापानका लागि तेलको सुरक्षित आपूर्तिको बाटो पनि सुनिश्चित हुन सक्छ । इरानको तेलको भारत, टर्की र दक्षिण कोरियाजस्तै जापान पनि आयातकर्ता हो ।

तर अमेरिकाले इरानमाथि आर्थिक नाकाबन्दी लगाएर समस्या उत्पन्न गरेको छ । जापानको पेट्रोलियम आपूर्तिको ९० प्रतिशत आपूर्ति मध्यपूर्वबाट हुने गर्छ ।

त्यसैले पर्सियाको खाडीमा शान्ति र सुरक्षाको स्थिति राम्रो हुनुपर्ने जापानी अर्थतन्त्रको स्थायित्वका लागि आवश्यक  छ । 

संयुक्त वृह्त कार्य योजना सम्झौताबाट सन् २०१८मा अमेरिकी राष्ट्रपति ट्रम्पले हात झिकेको घोषणा गरेयता इरानमाथि निरन्तर दबाब दिँदै आएका छन् ।

जुनसुकै बेला इरानमाथि आक्रमण भइ छाड्ने स्थित पसिर्याको खाडीमा उत्पन्न भएको छ ।

हालै जापानी प्रधानमन्त्री आबेले इरानको भ्रमण गरेका छन् । आबेको यो भ्रमण ४० वर्षयता पहिलो जापानी प्रधानमन्त्रीको इरान भ्रमण भएको देखिएको छ ।

आबेले इरानका सर्वोच्च नेता खामेनीसँग भेटेकै दिन जापानी टयांकरमाथि ओमानको खाडीमा आक्रमण भयो ।

त्यो आक्रमणको आरोप अमेरिकाले इरानमाथि लगायो ।

इरानले त्यसलाई अस्वीकार ग-यो । यस्तो अवस्थामा जापानको भूमिका महत्वपूर्ण र सफल हुन सक्ने अपेक्षा विज्ञहरूले गरेका छन् ।