भारत–अमेरिका व्यापार मोर्चामा खटपटी

भारत–अमेरिका व्यापार मोर्चामा खटपटी

२८ जुन (१३ असार) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अमेरिकी समानमा लगाएको निर्यात शुल्क ‘अश्विकार्य’ हुने दवाव दिएका छन् ।

ट्रम्पको यो वयान यस्तो समयमा आएको छ, एकदिन अगाडिमात्र अमेरिकी विदेशमन्त्री माइक पम्पिओ भारत भ्रमण गरेर फर्केका थिए । भारत भ्रमणमा रहँदा पम्पिओले भारत अमेरिका एक महत्वपूर्ण साझेदार भएको र अमेरिका भारत साझेदारी नयाँ उचाइमा पुगेको वताएका थिए । यता जापानमा जि–२० समूह देशको सम्मेलन जुन २८–२९ मा हुँदैछ । जहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकाका राष्ट्रपति ट्रम्प पनि सम्मेलनमा सहभागि हुँदैछन् । जि–२० सम्मेलनको पूर्वसन्ध्यामा आएको यो वयानले भारत अमेरिकासम्बन्ध कति चिसो भएको रहेछ भन्ने खुलाएको छ ।

ट्रम्पको ट्विट :

राष्ट्रपति ट्रम्पले विहिवार विहान ट्वीटमा लेखेका छन, ‘म प्रधानमंत्री (नरेंद्र) मोदीसंग यस सम्बन्धमा कुरा गर्न चाहान्छु । भारतले शुल्क बढाएको छ, हालका दिनमा अरु बढाइएको छ । यो स्विकार्य छैन । भारतले शुल्क पुरै फिर्ता लिनु पर्छ ।’

जि सम्मेलनमा बैठक:

भारत अमेरिका व्यापारसम्बन्धमा अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय छलफल हुनेछ । मोदी दोस्रो पटक निर्वाचित भएपछि उनीहरुको यो पहिलो बैठक हो । 
ट्रम्प र मोदीबीच हुने यो बैठकले दुवै देशको व्यापार र अर्थ–व्यवस्थासंग सम्बन्धित मुद्दालाइ किनारा लगाउने विश्वास अमेरिकी कुटनीतिज्ञहरुले लगाएका छन् । तर, ट्रम्पको बहुलठ्ठीपूर्ण निर्णयका अगाडि यो समस्या समाधान हुनेमा धेरैको विश्वास छैन ।

चीनमा जस्तै भारतमा व्यापार मोर्चा :

अमेरिकाले भारतीय उत्पादन निर्यातको प्राथमिक व्यवस्थाबाट बाहिर निकालेपछि भारतले पनि अमेरिकाबाट आयात हुने २९ वस्तुमा शुल्क बढाएको थियो । अमेरिकाले गएको साल भारतबाट अमेरिका निर्यात हुने स्टिल र अल्मुनियमको अमेरिका आयातमा उच्च शुल्क लगाएको थियो । यस्तै समानमा चीनबाट अमेरिका निर्यात हुँदा पनि उच्च शुल्क लगाएको थियो । यतिखेर अमेरिकाले चीनबाट आयात हुने दूइ सय ५० अर्व डलरको समानमा २५ प्रतिशत शुल्क बढाएको छ । भारतले सन् २०१८ मै अमेरिकाको २९ वस्तुमा शुल्क बढाउने निर्णय लिएको थियो । यो समस्या समाधान गर्ने आशाले भारतले अमेरिकासंग व्यापार प्याकेजमा वार्ता हुने आशा गरेको थियो । तर, आठपटक पर्खिदा पनि वार्ता हुन नसकेपछि भारतले शुल्क बढाउन वाध्य भएको हो ।

गत मई २३ गते अमेरिकाले औपचारिकरुपमै सामान्यकृत प्रणाली वरियता (जिएसपी)बाट भारतलाई हटाइ दिएको थियो । यसैको जवाफी कार्वाहीस्वरुप भारतले अमेरिकाबाट आयात हुने २९ सामानमा शुल्क बढाएको थियो ।

पम्पिओको भारत यात्रा

कुटनीतिमा जे बोलिन्छ, त्यसको विपरित कुरा हुने आम मान्यता छ । विदेश मन्त्री पम्पिओको भारत भ्रमण पछि उनले बोलेको सन्दर्भहरु ठीक विपरित दिशा तिर गएका छन् । गएको मंगलबार र बुधवार समकक्षी जय शंकर र मोदीलाई भेटेका थिए । भेटपछि उनले भारत अमेरिका साझेदारी नयाँ उँचाइमा पुगेको अभिव्यक्ति दिएका थिए । तर, परिस्थिति ठीक विपरित दिशामा गैरहेको देखिन्छ ।