एसइईको नतिजापछि सांसद शान्ता चौधरीको मन गरुङ्गो भयो, मुटु चिमोटियोः यसरी सम्झिइन् बिगत... 

एसइईको नतिजापछि सांसद शान्ता चौधरीको मन गरुङ्गो भयो, मुटु चिमोटियोः यसरी सम्झिइन् बिगत... 

काठमाडौं, १३ आसार । एसइई परीक्षाको नतिजा बिहीबार प्रकाशित भएको छ । नतिजन प्रकाशित भए पश्चात नेकपाकी सांसद शान्ता चौधरीले ‘बी ग्रेड’ ल्याएको समाचार धेरै मिडियामा प्रकाशित भएका छन् । 

यही सन्दर्भमा शान्ता चौधरीले भने नतिना प्रकाशित भएसँगै मन गरुँङ्गो भएर मुटु चिमोटिएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस पोष्ट गरेकी छिन् । उनले बिगतमा आफुले भोगेको कहाली लाग्दो दिनको सम्झना गरेकी छिन् । आफु कमलरीको सन्तान भएको र पढ्न लेख्न बन्देज भएको अनि त्यतिबेलाको समाजले अवहेलना गरेको स्मरण गरेकी छिन् । 

आफु कमलरी र कमलरीको सन्तान भएको भनेर हेला गर्नेहरु र अझै पनि अशिक्षित भनेर खिसि ट्यूरी र उपहास गर्नेहरुलाई उनले फेसबुकमार्फत गतिलो जवाफ पनि दिएकी छिन् ।

सिकाई र नेतृत्व विकास अनबरत रुपमा चलिरहने प्रकृया भएको भन्दै उनले त्यही सिद्धान्तलाई आत्मसाथ गर्दे अगाडी बढ्ने लाने प्रणँ गरेकी छिन् । हेरौँ यस्तो छ उनले सामाजिक सञ्जालमा पोष्ट गरेको स्ट्याटस :