मदनको हत्यारा पत्ता लगाउन सकिएन : प्रचण्ड

मदनको हत्यारा पत्ता लगाउन सकिएन : प्रचण्ड

१४ चैत्र, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु कुनै पनि कुराको जवाफ दिन ठाउँमा नभएको बताएका छन् । अहिलेसम्म पनि मदन भण्डारीको हत्यार पत्ता लगाउन नसकिएको भन्दै उनले यस्तो बताएका हुन् ।

‘प्रधानमन्त्री हुनासाथ मैले नारायणहिटीमै उभिएर राजदरबार हत्याकाण्डको सत्य पत्ता लगाउँछौँ भनेको थिएँ तर, पनि सकिएन’ उनले भने ‘के ले दिँदैन, जनताले नदिएको जस्तो त लाग्दैन। के ले दिँदैन हामी नै सरकारमा छौँ। तर, हामी यही हो र, यस्तै भएको हो भन्ने ठाउँमा छैनौँ।’


उनले ठूला हत्याकाण्डहरु पत्ता लगाउन नसक्दा फेरि त्यस्ता घटनाहरु दोहोरिने खतरा बढिरहेको पनि बताए ।


मदन भण्डारीको ६८ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको बिचार गोष्ठीमा उनले यस्तो बिचार राखेका हुन् ।