दशैंसम्म सरकार आलोचना शून्य हुन्छ : प्रधानमन्त्री

दशैंसम्म सरकार आलोचना शून्य हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं धूवा/धूलोमुक्त भएको जिकिर गरेका छन्। मदन भण्डारीको ६८ औं जन्मजयन्तीको अवसरमा बोल्दै उनले काठमाडौंमा मास्क लगाएर हिड्नु पर्ने अवस्था अन्त्य भएको बताए। 

“म प्रधानमन्त्री हुँदा आधा जनसंख्या मास्क लगाएर हिँड्थे, अहिले कसैले मास्क लगाउँदैन। लगाउनुपर्दैन,” उनले भने।

उनले यसवर्ष इतिहासमै नभएको विकास भएको बताए। सात सयवटा झोलुङ्गे पुल बनेको उनको दृष्टान्त थियो। त्यस्तै काठमाडौं सडकमा उल्लेख्य स्तरोन्नति भएको र दसैंसम्म सरकार आलोचना शून्य हुने बताए। 

साढे सात प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको बताउँदै नेकपाका अध्यक्षसमेत रहेका ओलीले आफ्ना कुरा तथ्यमा दाँज्न आग्रह गरे।