४५ वर्षको इतिहासमा भारतमा सबैभन्दा ठूलो बेरोजगारी सङ्कट

४५ वर्षको इतिहासमा भारतमा सबैभन्दा ठूलो बेरोजगारी सङ्कट


भारतको पछिल्लो नयाँ तथ्यांकबाट रोजगार संकट नांगेझार भएको छ । यस समयमा देशमा रोजगारको स्थिति पछिल्लो ४५ वर्षमा सबैभन्दा खराब देखिएको छ । 

नेशनल सेम्पल सर्वे अफिसको आवधिक अनुसन्धान अनुसार सन् २०१७/०१८ मा बेरोजगारी दर ६.१ थियो । यो रिपोर्ट जारी नगरेर नरेन्द्र मोदी सरकार अहिले धेरै ठूलो विवादमा परेको छ ।

बेरोजगारी बढाउनमा सबैभन्दा अप्ठ्यारो भनेको नोटबन्दीका कारण मानिएको छ । यसको सबैभन्दा नकारात्मक असर महिलामा परेको बताइएको छ ।
 
रिपोर्ट अनुसार देशको शहरी इलाकामा बेरोजगारी संख्या ७.८ प्रतिशत, जबकि ग्रामीण क्षेत्रमा ५.३ प्रतिशत छ । गाउँमा संकट शहरमा भन्दा थोरै कम देखिएको छ । 

यो तथ्यांकलाई बंग्याउन, लुकाउन मोदी सरकारले चाहिरहेको छ ।