‘राजधानी जहाँ सानु नेपाल फक्रिदै छ’ 

‘राजधानी जहाँ सानु नेपाल फक्रिदै छ’ 

काठमाडौ  विश्वको भ्रमण गर्नेहरू जब जापानको राजधानी टोकियोको पश्चिमी क्षेत्रमा पुग्छन् त्यहाँ ‘सानु नेपाल’ पहिचानसहित फक्रिदै गरेको हेर्न पाउँछ ।

एकल संस्कृति भएको जापानको यो क्षेत्रमा असाधारण ढंगबाट सानो नेपालको रूपमा विकास गरिरहेको अनुभव जो सुकैलाई हुन सक्ने जापान टुडेमा डेभ हस्टनले ‘टोकियोज लिटल नेपाल अ माइक्रोकस्म अफ जापान्ज इभलभिङ आइडन्टीटी’ शीर्षकमा एक लामो फिचर लेखेका छन् ।

आसागाया स्टेशन क्षेत्र हो यही त हो नि ‘सानु नेपाल’ । आसागाया स्टेशन वरिपरिका सुपरमार्केटका पसलहरू,रेस्टरन्टहरू नेपाल परिवारहरूबाट सञ्चालन भएको र फरक किसिमको पोशाकमा नेपाल बालबालिका खेलिरहेको जो सुकैले सहज हेर्न पाउँछन् ।

शिन्जुकु स्टेशनको पश्चिम तर्फ  हिडाइ पछि पुग्ने जो सुकै नेपालीले आफू नेपालमै भएको अनुभव गर्न सक्छन् । त्यहाँका अधिकांश पसलहरूमा नेपालीहरूले काम गरेको पाइन्छ ।

यो क्षेत्र  नेपालीहरूका लागि विशेष रोजाइको केन्द्र बन्न पुगेको छ । आसागायामा सन् २०१३मा ‘ दी इभरेस्ट इन्टरनेशनल स्कूल, जापान’ नाम गरेको विद्यालय खोलियो ।

त्यसयता जापान बस्ने नेपालीहरूको रोजाइ यो क्षेत्र बन्न पुगेको हो । विश्वमै नेपाल सरकारबाट मान्यता प्राप्त पाठ्यक्रमका आधारमा अन्तर्राष्ट्रिय स्कूलको स्थापना भएको स्कूल नै दी इभरेस्ट इन्टरनेशनल स्कूल हो ।


सन् २०१८मा विगत पाँच वर्षका सरकारी आँकडा अनुसार आसागाया रहेको सुगिनामी वार्डमा करिब तीन गुना नेपालीहरूको  जनसंख्या बृद्धि भएको छ ।

जापानमा अरूकोमा काम गर्ने र आफ्नै ठूलो व्यवसाय गर्ने नेपालीहरूको कथा आआफ्नै किसिमको छ । गैर आवासीय नेपालीहरूको संस्था एनआरएनका अध्यक्ष भवन भट्ट पनि जापानमै संघर्ष गरी पहिचान बनाएका छन् ।

थाल मस्काएर भाग्य मस्काएको बताउने गोरखाका भवन भट्ट होउन वा १३ वर्ष बागलुङबाट जापानमा भारतीय परिवारको रेस्टरन्ट किनेर व्यवसाय फैलाइरहेका ३९ वर्षी दीपक सापकोटा हुन् सबैका पछाडि सबैका आआफ्ना संघर्षको कथाहरू रहेको छ ।

विश्वबैंकको आँकडा अनुसार नेपाललाई प्राप्त हुने रेमिटयान्सको ३० प्रतिशत हिस्सा सन् २०१८मा जापानमा बस्ने नेपालीहरूबाट आएको छ ।

सापकोटाका दुई छोरा पनि दी इभरेस्ट इन्टरनेशनल स्कूलमा पढने २५५ नेपाली बालबालिकाहरू मध्ये पर्छन् ।

जापानमा करिब ८९ हजार नेपाली बसिरहेको र गत वर्षको तुलनामा ११ प्रतिशतले बृद्धि भएको छ । गत १० वर्षमा नेपालीहरूको जनसंख्या १० गुनाले बढेको छ ।

सन् २०१८को आँकडा अनुसार जापानमा पढ्ने नेपालीहरूको संख्या २८ हजार रहेको छ । यसमध्ये २४ हजार विद्याथीहरू डिपेन्डेन्ट भिसामा गएका छन् । जसले साताको २८ घन्टा  पार्ट टाइम काम गर्न पाउँछन् ।

२ लाख ८० हजार अमेरिकी डलर खर्च गरेर दी इभरेस्ट इन्टरनेशनल स्कूलको स्थापना गरिएको थियो । कक्षा १ देखि ९सम्मका विद्यार्थीहरू ४० हजार येन तिर्नुपर्छ भने  पूर्व प्राथमिक विद्यार्थीलाई मासिक ४५हजार येन तिर्नुपर्छ ।