सत्य ,न्याय र विश्व प्रणाली आधारित विदेश नीति हुन आवश्यक 

सत्य ,न्याय र विश्व प्रणाली आधारित विदेश नीति हुन आवश्यक 

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्य न्याय र विश्व प्रणालीमा आधारित विदेश नीति हुनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

राजधानीमा आयोजित विदेशी नीतिमा राष्ट्रिय संवाद विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताए ।

नेपाल भारत प्रवुद्ध समूहको प्रतिक्रिया तयार भएको र यसलाई दुबै सरकारसमक्ष बुझाइने बताउँदै उनले विदेश नीतिमा सबै राजनीतिक दल र व्यक्तिको एक विचार हुनुपर्ने बताए ।

हाम्रो विदेश नीति कसैसँग शत्रुता नगर्ने नभइ सबैसँग मित्रता गर्ने हुने बताउँदै उनले भने “ हाम्रा छिमेकीहरूको सम्बन्ध सत्य, न्याय र विश्व प्रणालीका आधारमा हुनुपर्छ ।”

हाम्रो कुटनीतिकले सम्बन्ध अब आर्थिक कुटनीतिकको क्षेत्रमा ध्यान दिनुपर्ने उनले जनाए ।

विगतका सरकारहरूले कुनै विशेष देशसँगको सम्बन्धलाई ध्यान दिने गरेको अब यो समय समाप्त भएको सरकारले नेपालको हित गर्ने नीति ल्याउनुपर्ने सत्ताधारी नेकपाका अध्यक्ष प्रचण्डले बताएका थिए ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव ,पर्राष्ट्रमन्त्री प्रदिप ज्ञावाली, नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महत, राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले आफ्ना धारण राखेका थिए ।