गोहीको छालाबाट बनेको अढाई करोड भारु भन्दा महगो नीता अम्बानीको ह्यान्ड ब्याग 

 गोहीको छालाबाट बनेको अढाई करोड भारु भन्दा महगो नीता अम्बानीको ह्यान्ड ब्याग 

काठमाडौ । भारतको सर्वाधिक धनी मुकेश अम्बानीकी पत्नी तथा रियलाइन्स फाउन्डेशनकी संस्थापक अध्यक्ष नीता अम्बानीको ह्यान्ड ब्याग २ करोड ६० लाख भारू बराबर मूल्यको रहेको छ ।

हीरा जडिएको त्यो ह्यान्ड ब्याग गोहीको छालाबाट बनेको छ । यो ह्यान्ड बोकेकी अवस्थामा हिन्दी सिनेमाकी अभिनेत्री दीदी बहिनी करिमा कपूर र करिना कपूर पनि एक तस्विरमा देखिएकी नीताको त्यो तस्विर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

यो ह्यान्ड ब्यागमा १८ क्यारटको सुन समेत जडान गरिएको छ ।साथ यसमा २४० हीरा जडान गरिएको छ ।

सन् २०१७ अघि एक डाक बढाबढबाट ३ लाख ७९ हजार २६१ अमेरिकी डलरमा किनिएको थियो ।

यस्तो महँगो ह्यान्ड ब्यागको बिक्री नभएको क्रिस्टिी डटकमले जनाएको छ ।

यो हिमाली क्षेत्रमा पाइने निलोटिकस प्रजातिको गोहीको छालाबाट बनाइएको छ ।