डोनाल्ड ट्रम्पले किमलाई उत्तर कोरियामै पुगेर भेट गरे, उत्तर कोरियाको भूगोलमा पाइला टेक्ने पहिलो अमेरिकी राष्ट्रपति बने ट्रम्प !

डोनाल्ड ट्रम्पले किमलाई उत्तर कोरियामै पुगेर भेट गरे, उत्तर कोरियाको भूगोलमा पाइला टेक्ने पहिलो अमेरिकी राष्ट्रपति बने ट्रम्प !

जून ३० । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच केही बेरअघि दुई कोरियाबीचको सीमा क्षेत्रमा भेट भएको छ ।

ट्रम्प दक्षिण कोरियाको भ्रमणमा गएका बेला उत्तर कोरियाका बिद्रोही नेता किमसँग उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्र पार गरेर उत्तरको भूगोलमा पहिलो पटक पाइला टेक्दै भेट गरेका हुन् । भेटका क्रममा दुई नेताले हात मिलाएपछि ट्रम्पले उत्तर कोरियाली भूमि टेकेका छन् ।  ट्रम्प उत्तर कोरियाली सर्वोेच्च नेता किम जोङ–उनसँगै उत्तर कोरियाली भूमितर्फ हिँडेर गएका थिए 

यो भेटसँगै उत्तर कोरियाको भूमिमा पाइला टेक्ने पहिलो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बनेका छन् ।  

ट्रम्पले शनिवार एक ट्वीट सन्देशमार्फत अचानक उत्तर कोरियाली नेतासँग भेट गर्ने आफ्नो योजना सार्वजनिक गरेका थिए जसले एक प्रकारको तरङ्ग उत्पन्न गराएको थियो । ट्रम्प केहीबेर अघि भेटका लागि दक्षिण कोरियाली राष्ट्रपति र अन्य उच्च अधिकारीहरु सहित असैनिकीकृत क्षेत्र पुगेका थिए ।

त्यहाँ स्थानीय समय अनुसार अपरान्हको समयमा दुई नेताबीच छोटो भेट हुँदा आपसमा हात मिलाएका थिए । त्यसपछि दुवै सँगै उभिएर सञ्चारमाध्यम सामु उभिएका थिए । बीबीसीबाट