अमेरिका अलगथलग: साइडलाइन बैठकमा रुस–चीन–भारतको नयाँ समीकरण

अमेरिका अलगथलग: साइडलाइन बैठकमा रुस–चीन–भारतको नयाँ समीकरण

१५ असार । जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक श्रवण सिंहका अनुसार भारतका प्रधानमन्त्री नेरेन्द्र मोदीको प्रस्ताव अनुसार रुस–भारत–चीन (रिक) को ‘लघु सम्मेलन’ जि–२० सम्मेलन (जुन २८–२९)को दौरानमा ओशाकामा बस्यो । यी तीन देशका संयुक्त साइडलाइन बैठकले ‘रणनीतिक त्रिभुज’ बनेको विश्व राजनैतिक रंगमञ्चमा विश्लेषण गरिएको छ । रुस, चीन र भारतको समीकरण कस्सिने क्रममा छ ।

मोदीको प्रस्तावमा भएको यो बैठकले विशेष महत्व राखेको छ । मोदीले अमेरिकी धुरीलाई दवाव दिन र रणनीति साध्न प्रस्ताव मात्र गरेका होइनन भने यसले ठूलो महत्व राख्छ । यसैले अमेरिकासहित पश्चिमा धुरीलाई यो बैठक टाउको दुखाइको विषय बन्यो । यसरी यी तीन देश नजिकिए भने एसियाको रुपरेखा आगामी दिनमा अलग्गै हुने देखिन्छ । रिकले पहिलो पटक उच्चस्तरीय मूल्याङ्कन पाएको छ ।

प्राध्यापक सिंहले चाइना डेलीमा दावीकासाथ लेखेका छन, ‘रणनीतिक त्रिभुज’  मानिएको रिक देशहरुबीच सन् १९९९ बाट सहकार्यको थालनी भएको थियो । विश्वव्यापी कोणबाट हेर्दा रिकको ओशाका बैठक संयूक्त राष्ट्र अमेरिकी नेतृत्वको पश्चिमा मोर्चाको लागि ठूलै चासोको विषय बनेको छ ।’

रिकको आगामी दिनको कार्यदिशा र रणनीतिले विश्वको अर्थ–राजनीतिलाई ठूलो प्रभाव दिने सम्भावनालाइ नकार्न सकिन्न । अर्थतन्त्रको एसियन प्रभाव विस्तारलाई भारत र चीनले बुझ्दै गएको अर्थमा र रुसले साझेदारी सुरक्षित गर्ने मेलो ल्याएको रुपमा रिकलाइ बुझ्न सकिन्छ ।

यतिमात्र होइन, ब्रिक्स देशहरु (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका)का राष्ट्राध्यक्षहरुबीच ‘लघु–ब्रिक्स’ बैठक पनि ओशाकामा बस्यो । यसपटकको जि २० सम्मेलनमा साइडलाइन बैठकहरुले सम्मेलनलाई नै ओझेलमा पारेको थियो । यो अर्को महत्वपूर्ण साइडलाइन बैठक हो । संसारकै सबैभन्दा बढी जमिन र आवादी ओगट्ने मुलुकमा यिनिहरु पर्छन । रुस, चीन जस्ता ठूला अर्थतन्त्र भएका र भारत, ब्राजिल र दक्षिण अफ्रिका जस्ता उदीयमान अर्थतन्त्र भएको विशेषता ब्रिक्समा पाइन्छ । 

बहुरंगी द्वन्द्व :

अमेरिका–चीन व्यापार युद्ध र भारत–अमेरिका व्यापार खटपटले जि २० सम्मेलन पुरै गिजोलिएको थियो । अमेरिकाले विभिन्न देशमा लगाएको आर्थिक नाकावन्दी, द्वन्द्व र उथलपुथलको संयुक्त निकास निस्कने सम्भावना सम्मेलनमा एकदमै कम थियो । विभिन्न देशका स्वार्थसँग नवाझिने देशहरुकावीच समझदारी निकाल्नु सहज भयो । समस्याका यिनै चाङहरुमा दई पक्षीय, त्रिपक्षीय साइडलाइन बैठकहरु महत्वपूर्ण हुन पुगे । 

यिनै बहुरंगी द्वन्द्वले रिकको बैठकले महत्व पायो । यसअघि विदेशमन्त्री स्तरीय बैठक मात्रै हुँदै आएको रिकको यसपटकको बैठकले उच्च महत्व पाएको छ । पहिलो पटक राष्ट्र प्रमुखहरु आमनेसामने बैठकमा बसे । ओसाकामा यस बाहेक दुइ पक्षीय बैठकहरु पनि उत्तिकै महत्वपूर्ण भए । यसरी जि २० सम्मेलनको मूख्य मुद्धा छाँयामा प¥यो । यसको मूलकारण जि २० देशको स्थापनादेखि नै समस्याग्रस्त थियो । उदयीमान अर्थतन्त्र भएका देशलाई सहभागि बनाउँदै लैजानु पर्ने बाध्यता भएकाले जी ७, जि आठ, जि आठ जोड ५ हुँदै जि २० हुन पुगेको संगठन स्वार्थ समूह देशको अनौपचारिक संगठन जस्तै भएको छ ।

अमेरिकाको हेपाहा प्रवृत्ति :

अमेरिकाले आफ्नो अर्थतन्त्रलाई संसारकै उचाइबाट झर्न नदिन जि २० का उदीयमान अर्थतन्त्रलाई रोक्नु उसको स्वार्थ हो । जि २० सम्मेलनका सबै देशहरुलाई अमेरिकाले आर्थिक निशाना बनाएको छ । अमेरिकाले चीनमाथिको व्यापार युद्ध थोपरेको छ । गएको लोकसभा निर्वाचनमा भारतीय उत्पादनमा आयात कर बढाएको थियो र उसलाई व्यापारिक सौभित्य मुलुकबाट बाहिर निकालेको छ । फ्रान्स, जर्मनी लगायतका देशहरुमाथि पनि अमेरिकाको व्यापारिक मनमुटाव बढ्दो छ । यसरी अमेरिका बाहेकका १९ देशहरु विस्तारै क्षेत्रीय साझेदारी गर्नेतर्फ आकर्षित भएका छन् । यसैको प्रतिक्रियास्वरुप यस पटक साइडलाइन बैठक र साझेदारी महत्वपूर्ण भए ।