संविधान संशोधनको दबाब बढाउन सरकारबाट हटदै समाजवादी पार्टी

संविधान संशोधनको दबाब बढाउन सरकारबाट हटदै समाजवादी पार्टी

काठमाडौ । समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधनका लागि दबाब दिन सरकारबाट हट्ने भएका छन् ।

१३ महिना अघि सरकारमा सहभागी हुँदा प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग तत्कालीन संघीय समाजवादी फोरमका अध्यक्षका हैसियतले यादवले दुई बुँदे सम्झौता गरेका थिए ।

दुई बुँदामा संविधान संशोधन गर्नुपर्ने पहिलो बुँदा थियो भने अर्को बुँदामा सरकारमा सहभागी हुने थियो ।

यादवले  सरकारमा सहभागी भएको १३ महिना बितेको भएपनि प्रधानमन्त्री ओलीले संविधान संविधानको बारेमा ध्यान दिन नदिएपछि यादवमाथि सरकार छाड्नु पर्ने दबाब बढदै गएको छ ।

बैशाखमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ शक्तिसँग एकता गरी समाजवादी पार्टी बनाएयता सरकार छाड्ने दबाब झन बढेर गएको छ ।

सरकारबाट हट्न अघि एक फेर सम्झौताकर्ताहरू ओली र प्रचण्डसँग संविधान संशोधनको विषयमा निर्णायक वार्ता गर्ने योजना बनाएको यादवको भनाइ छ ।  

समाजवादी पार्टी गठन भएयता संविधान संशोधन र सरकार छाड्ने विषयमा ठोस निर्णय नभएकाले पार्टीमा असन्तुष्टि बढेको हो ।

पुष महिनामा पार्टीले सरकारलाई एक विज्ञप्ति दिएर संविधान संशोधनका बारेमा ध्यान दिन भनेको थियो ।

पार्टी नेताहरूका अनुसार समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराई नेतृत्वमा पार्टी नेताहरूले प्रधानमन्त्री ओलीलाई भेटेर यसबारे निर्णय गरिनेछ ।

यसअघि संविधान संशोधनको माग पूरा गर्नुपर्ने अलिखित सम्झौताका आधारमा राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

राजपाले एकताका लागि सरकारबाट हट्नुपर्ने औपचारिक शर्त अगाडि सारिसकेको छ ।