अमेरिका चीन ब्यापार युद्धले नेपालमा सुनको भाउ ६ बर्ष यताकै उच्च 

अमेरिका चीन ब्यापार युद्धले नेपालमा सुनको भाउ ६ बर्ष यताकै उच्च 

काठमाडौं। सुनको भाउ ६ वर्ष यताकै उच्च मूल्य कारोबार भएको छ। शुक्रवार प्रतितोला ६२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ। यसभन्दा अगाडि २०७० भदौ १२ गते अधिकतम ६३ हजार ३०० रुपैयाँ पुगेको थियो। त्यस पछिको सबै भन्दा धेरै मूल्यमा आज कारोबार भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । 

आज ६ बर्ष यताकै सबैभन्दा धेरै ६३ हजार ३०० रुपैयाँमा कारोबार भए पनि यस अवधिमा सबैभन्दा कम ४७ हजार ७०० रुपैयाँ सम्ममा कारोबार भएको थियो। पछिल्लो समयमा सुनको मूल्य ५५–५६ हजार रुपैयाँमा बरिपरि कारोबार भईरहेकोमा अहिले दैनिक मूल्य बढ्न थालेको छ । 

अन्तर्राष्ट्रिय बजारमा डलरको स्थिती कमजोर हुँदा सुनको भाउ बढिरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अमेरिका र चीनबीचको ब्यापार युद्धले गर्दा डलर कमजोर भैरहेको छ भने यसै अवधिमा कसैले भन्सार लगाउने कसैले भन्सार नलगाउने विषयले विवाद सिर्जना भैरहेको छ।

यदि भन्सारमा खुकुलो हुने अवस्था आएमा डलर मजबुत हुने अपेक्षा गरिएको छ। शेयर बजारमा पनि तिब्र उतारचढाव आएको र डलरको अवस्था पनि कमजोर हुँदा लगानीकर्ता सुनप्रति आकर्षित भएका हुन्। अन्तर्राष्ट्रिय स्तरमै रोजगारी बृद्धि हुन सकेको छैन। रोजगारी बृद्धि नहुँदा यसको असर डलरमा पर्छ। डलर तथा शेयर बजार कमजोर हुँदा लगानीकर्ताले सेफ ह्यावन इन्भेष्टमेन्टको रुपमा लगानीकर्ता सुनतर्फ आकर्षित हुन्छन् ।

नेपालमा भने सुनको मूल्य प्राय भारतीय बजारले नै निर्धारण गर्ने गर्दछ,  पछिल्लो समय ११९ भारु प्रति डलर पुगेको थियो। यसमा केही सुधार भएर १११ रुपैयाँ कायम भए पनि पछिल्लो दिनमा खस्किन थालेको छ।  

मूल्य बढेसँगै सुनका ग्राहक भने घट्ने प्रतिक्षामा देखिन्छन्, मूल्य बढेकै कारण सुनपसलहरुमा चहलपहल कम हुन थालेको छ भने धेरै मूल्य पाएपछि ग्राहकरुले पुराना गहना गालेर नयाँ बनाउने गर्दछन् । बजारमा ६० हजार तोला बढी हुने वित्तिकै सुनसान हुन थालेको सुनचाँदी ब्यवसायीहरुले बताउँछन् । विहेको सिजन भएपनि सोचे अनुसारको ब्यहार हुन नसकेको एक ब्यवसायीले बताए ।