विप्लवसँग भारतीय सुरक्षा बल त्रसितः सीमामा उच्च सतर्कता

विप्लवसँग भारतीय सुरक्षा बल त्रसितः सीमामा उच्च सतर्कता

२९ जुन हिन्दुस्थान । भारतीय अखवार हिन्दुस्थान टाइम्सले नेपालको दार्चुला र वैतडीको जंगलमा प्रतिवन्धित माओवादी संगठन विप्लव ‘गुट’को १५ सैनिक ट्रेनिङ सञ्चालित भएको समाचार प्रकाशित गरेको छ । यसै विषयलाई लिएर भारतका सुरक्षा संयन्त्र सतर्क रहेको पनि जनाएको छ ।

पछिल्लो साता यी क्याम्पहरु सञ्चालित भएको सूचना पछि भारतीय सुरक्षा एजेन्सीहरु एलआईयू, आईबी, आर्मी खुपिया लगायत भारतका अन्य एजेन्सीहरु सतर्क भएको समाचारमा जनाइएको छ ।

महाकालीमा उच्च सतर्कता :

यता नेपाल–भारत सीमामा भारतीय सुरक्षाकर्मी अर्ध–सैनिक बल एसएसवीलाई उच्च सैनिक सतर्कता राखिएको छ ।

एसएसवी सतर्कता पछि काली नदीको किनारमा एसएसवीलाई ठूलो संख्यामा डिपोट गरिएको छ । नेपालको चमेलिया नदी र भारतपट्टीको काली नदीको संगमबाट ५६ किलोमीटर टाढा बलात, गोकुलेश्वरमा १० दखि १५ वटा ट्रेनिङ क्याम्प सञ्चालित छ । यस सम्बन्धमा पिथौरागढका एसपी आरसी राजगुरुले भने, ‘नेपाल  सीमामा सुरक्षा एजेन्सिहरु उच्च सतर्कतामा राखिएका छन् ।’