प्रहरीलाई एक सय रुपैयाँ घूस दिँदा...

प्रहरीलाई एक सय रुपैयाँ घूस दिँदा...

काठमाडौं, १६ असार । काठमाडौं महानगरपालिका १३ सोल्टीमोडबाट प्रहरीलाई नगद १ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने धादिङ धुनिवेसी नगरपालिका ५ का सुभाष श्रेष्ठलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले बा.४ ख ९९८ नम्बरको ट्रक जाँच गर्ने क्रममा ढाला खोली सामान बोकेको कारणले कारबाही गर्न खोज्दा कारबाहीबाट बच्न उक्त नगद दिन खोज्दा सुभाषलाई प्रहरीले पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।