संखुवासभामा प्रहरी–विप्लव कार्यकर्ताबीच गोली हानाहान

संखुवासभामा प्रहरी–विप्लव कार्यकर्ताबीच गोली हानाहान

संखुवासभा, १६ असार । जिल्लाको सिलिचोङ गाउँपालिकामा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ ।

सोमबार बिहान सिलिचोङ गाउँपालिका १ होयङ्मामा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मिम लामाले बताए ।

गोली हानाहान भएको खबर प्राप्त भएपछि जिल्ला र नजिकको पोस्टबाट पनि थप बल त्यसतर्फ पठाएका पठाइएको लामाले बताए । उक्त क्षत्रमा पुग्न सदरमुकाबाट दुई दिन पैदल हिँड्नु पर्छ ।