महिला पत्रकारका माग : शिशु स्याहार केन्द्र

महिला पत्रकारका माग : शिशु स्याहार केन्द्र

माघ १६ र १७ गते चितवनमा भएको महिला पत्रकारहरुको चितवन भेला, सबै सञ्चार माध्यममा शिशु स्याहार केन्द्र अनिवार्य हुनुुपर्ने, सुत्केरी विदा पाँच महिना हुनु पर्ने, प्रस्तावित आमसञ्चार प्रतिष्ठान चितवनमा हुनु पर्ने एवम् पर्यटन महिलामैत्री हुनु पर्ने विशेष माग समेटिएको चितवन घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । देशभरबाट आएका सहभागी पत्रकार महिलाहरुको यी मागले मात्र विशेष स्थान पाउनुलाई पत्रकारिताका अध्येयताले महिला पत्रकारहरुको जागिरे मानसिकताको रुपमा अथ्र्याएका छन् । शिशु स्याहार केन्द्र र सुत्केरी विदा जस्ता प्राविधिक तथा तपशिलका मुद्धामा मात्र महिला पत्रकारहरुको भेला केन्द्रित हुनु आफैमा भेलाको स्तरीयता मापन गर्न सकिन्छ ।

प्रकाशन गृहमा काम गर्ने महिलाको प्रभावकाकारण महिला पत्रकारहरुको योग्यता क्षमता अभिवृद्धि गर्ने र महिला उत्पीडनका समाचारहरुको उत्पादन, प्रकाशन÷प्रशारण र जनमत निर्माण गर्ने सन्दर्भमा भेला संवेदनशिल हुन नसकेको कतिपय सहभागि पत्रकारहरुले गुनासो गरेका थिए । महिला पत्रकारको भेला कुम्भ  भेला भन्दा फरक नभएको असन्तुष्टी भेलामा सहभागि हुनेहरुले जनाए । भेलाको उद्घाटन नेकपाका अध्यक्ष प्रचण्डले गरेका थिए ।