सिरहा र सप्तरीमा सबारी दुर्घटना, ४ को मृत्यु, २० घाईते  

सिरहा र सप्तरीमा सबारी दुर्घटना, ४ को मृत्यु, २० घाईते  

सिरहा, १६ असार । सिरहा र सप्तरीमा सोमबार भएको छुट्टाछुटै सबारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने २० जना घाईते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान नगरपालिकास्थित पड्रिया चोकमा ट्रकले म्याजिक भ्यानलाई पछाडीबाट ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ भने २० जना घाईते भएका छन् ।

पूर्वबाट पश्चिम जाँदै गरेको ना. १ ज. ७४५४ नम्बरको म्याजिक भ्यान पड्रिया चोकमा रोकेर यात्रु चढाउँदै गरेका बेला सोही दिशाबाट आउँदै गरेको ना.८ ख २४१५ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिदाँ म्याजिकमा सबार सिरहाको पुरानो चोहर्वाका ४०बर्षीय गणपति महरा, सिरहाकै बरियारपट्टी गाउँपालिकाका ७० बर्षीया बचियादेवी राम र सनाखत हुन नसकेकी एक महिलाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

दुर्घटनामा घाईते भएकाहरुलाई उपचारको लागि लहानस्थित रामप्रसाद उमाप्रसाद मरारक स्मारक अस्पताल तथा नरसिंह होमहरुमा पठाएको प्रहरीले जनाएको छ ।

यसैबीच पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका ५ खरचुहिया स्थित सडकमा आज विहान पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको स.२ प. ६३१९ नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट गरेको आउँदै गरेको ना.४ ख. ७६५९ को मिनी ट्रकले ठक्कर दिदाँ गम्भीर घाईते मोटरसाईकलमा सवार स्थानीय २० बर्षीय सुरज चौधरीको उपचारको क्रममा मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाईते भएका चौधरीलाई उपचारको लागि सप्तऋषि अस्पताल लहान भर्ना गरिएकोमा उपचारकै क्रममा उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।