सेनाको हेलिकप्टरबाट ५० जना सुरक्षाकर्मी शंखुवासभातर्फ

सेनाको हेलिकप्टरबाट ५० जना सुरक्षाकर्मी शंखुवासभातर्फ

काठमाडौं, १५ असार । संखुवासभाको सिलिचोङ विप्लवका कार्यकर्ताले सोमबार प्रहरीलाई लक्षित गरि फायरिङ गरेपछि काठमाडौंबाट ५ं० जनाको सुरक्षा फौज त्यसतर्फ पठाइएको छ । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई प्रहरी निरीक्षकको नेतृत्वमा २५-२५ जनाको टोली संखुवासभातर्फ पठाइएको सशस्त्र प्रहरी बल कार्यालय हलचोकले जनाएको छ । उक्त टोली नेपाली सेनाको एमआई १७ हेलिकोप्टरमार्फत पठाइएको हो ।
यसैगरी प्रदेश १ प्रहरी कार्यालयबाट पनि थप मद्दतका लागि टोली पठाइएको छ । सशस्त्र प्रहरीले दिएको विवरण अनुसार प्रहरी टोलीले खाना खाइरहेका वेला विप्लव समूहले गोली चलाउँदा प्रहरीले जवाफि फायर खालेको थिया ।