पर्यावरण सन्तुलनको लागि प्लास्टिकमा बन्देज

पर्यावरण सन्तुलनको लागि प्लास्टिकमा बन्देज

जुलाइ २ । न्युजिलेण्ड सरकारले गएको सोमवारदेखि प्लास्टिक झोला उत्पादन र वितरणमा प्रतिवन्ध लगाएको छ । प्लास्टिक झोला उत्पादन गरे त्यहाँका कम्पनीहरुमाथि महङ्गो जरिवाना लाग्ने छ ।

एएफपीले जनाए अनुसार सोमवारदेखि खुद्रा व्यापारमा पनि प्लास्टिक बन्देज गरिएको छ । व्यवसायीहरुले प्लास्टिकको झोला प्रयोग गरे उनीहरुमाथि पनि जरिवाना हुनेछ ।

विश्वको चिन्ता प्लास्टिक :

प्लास्टिक प्रदूषण एक विश्वभर चिन्ताको विषय बनेको छ । जि २० सम्मेलनलगायत अधिकांस विश्व सम्मेलनहरुमा प्लास्टिक प्रदुषण एजेण्डा बनेको छ । यसले थलवाहेक समुद्रमा पनि प्रदुषण फैलाएको छ । यसको प्रदुषणबाट लाखौ समुद्री स्तनधारी प्राणी र पंक्षीहरु प्रभावित भएका छन् । न्युजिलेण्ड सरकारले प्लास्टिक उत्पादन गर्ने कम्पनीलाइ एक लाख न्युजीलेण्ड डलरसम्म जरिवाना गर्न सक्ने जनाइएको छ ।

यो कानून गत वर्षको अगस्तमा पारित गरिएको थियो । न्युजिलेण्डका केही प्रमुख सुपर मार्केटले यसअघि नै प्लास्टिकमाथि प्रतिवन्ध लगाएका थिए । तर धेरैले यो प्रतिवन्ध लामो समयसम्म नजाने विश्वास गरेका छन । 

उनीहरुका अनुसार यो प्रतिवन्ध क्रमशः गर्दै लैजान सकिन्छ एकैचोटी गर्दा यसले अर्को समस्या निम्त्याउँ छ । संयुक्त राष्ट्र संघ पर्यावरण कार्यक्रम अन्तरगत ८० भन्दा बढी देशले प्लास्टिक झोलामा प्रतिबंध लगाएका छन् ।

नेपालमा प्लास्टिक :

नेपालमा प्लास्टिक उत्पादन, वितरण र यसले पारेको प्रदुषणको सम्वन्धमा कुनै अध्ययन भएको छैन । तर, भारतले यसबारेमा अध्ययन अनुसन्धान थालेको छ । भारतमा एक अनुमान मुताविक भारतमा ५.६ मिलियन टन प्लास्टिक्सको फोहर उत्पादन हुन्छ । यसमध्ये ६० प्रतिशत प्लास्टिकका फोहोर समुद्रमा फ्याँकिन्छ । 

भारतका तीन नदी सिन्धु, गंगा र ब्रम्हपुत्रको माध्यमबाट समुद्रमा फोहोर पुग्छन । भारतले २० राज्यमा प्लास्टिकमाथि प्रतिवन्ध लगाएको छ ।