दलाई लामाको एजेन्ट भनी अमेरिकी नागरिक फर्काइनु सरकारलाई गलपासो बन्दै 

दलाई लामाको एजेन्ट भनी अमेरिकी नागरिक फर्काइनु सरकारलाई गलपासो बन्दै 

काठमाडौ । एक साता अघि त्रिभुवन विमानस्थलबाट तिब्बती धर्मगुरू दलाई लामाको एजेन्ट भएको  हुन सक्ने भनी  एक अमेरिकी नागरिकलाई अध्ययागमन विभागबाट फर्काइनु सरकारका लागि गलपासो बन्दै गएको देखिएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले त्यो विषयमा जानकारी माग पछि सरकारलाई समस्या  भएको देखिएको छ ।

जुन २२का दिन त्रिभुवन विमानस्थलबाट अमेरिकी नागरिक ५३ वर्षीय पेन्पा छिरिङलाई दलाई लामाको एजेन्ट भएको भनी फर्काइएको थियो ।

यो जानकारी पाएपछि अमेरिकी दूतावासले सरकारलाई कुटनीतिक टिप्पणी‘डिप्लोमेटिक नोट’ पठाएर त्यसबारे स्पस्टीकरण माग ग-यो ।

त्यो नोटको जवाफ सरकारले अझसम्म नदिएको सम्बद्ध स्रोतले जनाएको छ ।

त्यो नोटमा दूतावासले नेपालको परराष्ट्र मन्त्रालयले  अन्य विदेशी सरकारबाट तिनका नागरिकको नेपाल प्रवेशका  लागि क्लियरेन्स लिने गरेको हो भनी उल्लेख गरिएको भनिएको छ ।

पेन्पा न्यूयोर्कबाट नयाँ दिल्ली हुँदै काठमाडौ त्रिभुवन विमानस्थलमा आएका थिए । शंका लागि सोधखोज गर्दा उनी दलाइ लामाको एजेन्ट भएको देखिए पछि उनलाइ फिर्ता पठाइएको थियो ।

नेपालले एक चीन नीति विरूद्धको गतिविधि हुन नदिने गरी पेन्पालाई पठाएको भएपनि यसबाट अमेरिका आक्रोशित भएको छ ।

अमेरिकाले तिब्बत र ताइवानलाई चीनको भाग नभएर लामा र ताइवानी नेताहरूलाई सहयोग समर्थन गरिआएको ।

समय समयमा नेपालमा पनि फ्रि तिब्बत मुभमेन्टको गतिविधि प्रति चीन आक्रोशित हुँदै आएको छ ।

यस्तोमा यो सरकारका लागि कुटनीतिकरूपमा गलपासोको अवस्था जस्तो देखिएको छ ।