उत्तर कोरियामाथिको नाकाबन्दी खुकुलो पार्न चिनियाँ राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिलाई आग्रह

उत्तर कोरियामाथिको नाकाबन्दी खुकुलो पार्न चिनियाँ राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिलाई आग्रह

काठमाडौ । चिनियाँ राष्ट्रपति सी जिनपिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियामाथिको आर्थिक नाकाबन्दी खुकुलो पार्न आग्रह गरेका छन् ।

राष्ट्रपति सीले अमेरिकी राष्ट्रपति ट्रम्पलाई यो आग्रह  गत साता जापानको ओसाकामा सम्पन्न भएको जी ट्वेन्टी शिखर सम्मेलनको क्रममा गरिएको चिनियाँ विदेशमन्त्री वाङ यीले सार्वजनिक गरेका  छन् ।

अमेरिकाद्वारा लगाइएको नाकाबन्दीलाई खुकुलो गरी उत्तर कोरियालाई आधा बाटो हिड्ने विश्वास दिलाउन सीले ट्रम्पलाई आग्रह गरेका थिए । 

जी ट्वेन्टीको शिखर सम्मेलनमा ट्रम्पसँग भेट्न अघि उत्तर कोरियाली नेता किम जोंग उनसँग भेटन उत्तर कोरियाको राजकीय भ्रमण गरेका थिए ।

जी ट्वेन्टीको शिखर सम्मेलन सकेको भोलिपल्ट ट्रम्पले दक्षिण कोरियाको सीमा भएर उत्तर कोरियाको सीमामा प्रवेश गरेका थिए ।

त्यहाँ  उत्तर कोरियाली नेता किमले ट्रम्पको स्वागत गरेका थिए ।

विगतमा उत्तर कोरियामाथि संयुक्त राष्ट्र संघले लगाएका शृंखलाबद्ध आर्थिक नाकाबन्दीको चीनले समर्थन गरेपछि चीन र उत्तर कोरियाबीचको सम्बन्ध चिसिएको थियो ।

पछिल्ला केही वर्षहरूमा यी दुई देशबीचको सम्बन्धमा सुधार आएको छ ।