उत्तर कोरिया र इरानलाई अन्तर्राष्ट्रिय मूलधारमा ल्याउन खोजिएको हो र?

उत्तर कोरिया र इरानलाई अन्तर्राष्ट्रिय मूलधारमा ल्याउन खोजिएको हो र?

काठमाडौ । अन्तर्राष्ट्रिय समुदायले उत्तर कोरिया र इरानको परमाणु कार्यक्रमलाई एकैपटक समाधान गर्न खोजेको देखिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली भूमिमा पाइला टेकेको केही दिनमै रूसले इरानलाई बहुपक्षीय परमाणु सम्झौतालाई सम्मान गर्न आग्रह गरेको छ ।

साथै उसले अन्तराष्ट्रिय परमाणु उर्जा नियोग समक्ष त्यो सम्झौता पालना गर्ने प्रावधान पूरा गरेको प्रत्यूभूति प्रस्तुत गर्न आग्रह गरेको हो । रूसका विदेशमन्त्री सर्जेइ लभरोभले यस्तो बताएका हुन् ।

अमेरिकाले त्यो बहुपक्षीय सम्झौताबाट हात झिकेपछि इरानले आफू पनि आफ्नो परमाणु कार्यक्रमका लागि युरोनेयम प्रशोधन गरी जिम्मा पार्ने बताएको थियो ।

इरानले आफूसँग ३०० किलो ग्राम भन्दा बढी युरोनियमन प्रशोधित भएको जनाएको विषयमा रूसी विदेशमन्त्री लभरोभले यस विषयमा अन्तर्राष्ट्रिय सम्झौतालाई पालन गर्न आग्रह गरे ।

साथै रूसले युरोपियन युनियनलाई पनि प्रतिबद्धता पूरा गर्न आग्रह गरेको छ । व्यापार र आर्थिक क्षेत्रमा इरानका अधिकारहरू सुनिश्चित हुनुपर्ने उनको भनाइ छ ।

यसैगरी फ्रान्सका राष्ट्रपति इम्म्यानुएल म्याक्रोनले  इरानलाई तत्काल  युरोनियम भण्डारण घटाउन आग्रह गरेका छन् ।

सन् २०१५मा भएको बहुपक्षीय सम्झौताले तय गरेको युरोनियम भण्डारण क्षमतालाई उल्लंघन गरेको सार्वजनिक गरेपछि फ्रान्सका राष्ट्रपति म्याक्रोनले यस्तो आग्रह गरेका हुन् ।

त्यो बहुपक्षीय सम्झौताको एक अर्का हस्ताक्षरकर्ता चीनले पनि इरानको भनाइप्रति दुख व्यक्त गरेको छ ।

साथै चीनले इरानमाथि दबाब दिन अपनाइएको अमेरिकी नीति पनि अहिलेको तनावहरूका मुख्य कारण भएको जनाएको छ ।

उत्तर कोरिया र इरानको अवस्थिति महत्वपूर्ण रणनीतिक विन्दुमा परेको र उनीहरूसँग परमाणु शक्ति उत्पादन गर्ने क्षमता रहेकाले यी दुई देशलाई नियन्त्रणमा ल्याउन विश्वका शक्ति देशहरूले विषेश पहल गर्दै आएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सत्ता सम्हालेपछि इरानसँग परमाणु कार्यक्रम स्थगित गर्न गरिएको बहुपक्षीय सम्झौताबाट हात झिकेका थिए । तर उनले उत्तर कोरियालाई परमाणु कार्यक्रमबाट फिर्ता हुन वार्ता संवादलाई अगाडि बढाएका थिए ।

 यसक्रममा उनले उत्तर कोरियाली नेता किम जोंग उनसँग उत्तर कोरियाकै भूमिमा हालै भेटेका छन् । यसअघि उनीहरूको भेट गत वर्ष सिंगापुर र भिएतनाममा भएको थियो ।

अन्तर्राष्ट्रिय समुदायको पहलहरूबाट यी दुई देशलाई अन्तर्राष्ट्रि प्रवाहको मूल धारमा समावेश गर्ने प्रयास गरिएको हो कि कुटनीतिक क्षेत्रको बुझाइ रहेको छ ।

नीहरूको बुझाइलाई यी विषयले पुष्टि गरिरहेको देखिएको छ।