छोराछोरी बोकेर युएईकी रानी वेपत्ता, राजाको बेहाल !

छोराछोरी बोकेर युएईकी रानी वेपत्ता, राजाको बेहाल !

लण्डन । राजतन्त्र भएको मुलुकमा रानीहरु नै वेपत्ता हुन्छन भने अरुको के हाल होला ? संयुक्त अरब इमिरेट्स (यूएई) कि रानी यसै साता वेपत्ता भएकि छिन । दुई वच्चा कि आमा रानी हया विन्त अल हुसैन ३१ मिलियन पाउण्ड (करिव चार सय करोड) रुपैया लिएर वेपत्ता भएको समाचार एजेन्सी आइएएनएसले खुलासा गरेको छ ।

हया दुबईका अरवपति शाषक शेख मुहम्मद बिन रासिद अल मकतुम कि छैटौं पटरानी हुन् । उनी जोर्डनका राजा अब्दुल्ला कि सौतेनी बहिनी हुन । शेख मुहम्मद यूएईका उपराष्ट्रपति र प्रधानमन्त्री हुन । उनी विश्वको धनी व्यक्तिहरु मध्येका एक हुन । हया वेलायत पलायन भएको खवर छ ।

वेलायतको अक्सफोर्ड यूनिभर्सिटीमा उच्च शिक्षा लिएकी रानीले छोडपत्र चाहेकी थिइन । उनी एक छोरा र छोरीको साथमा वेपत्ता भएकी हुन् । उनी ३० जुनदेखि सम्पर्कमा नभएको एजेन्सीहरुले वताएका छन् । एक खबर अनुसार उनले जर्मनीमा राजनैतिक शरण मागेकी छिन् । यस अघि शेखकी छोरी राजकुमारी लतिफाले देश छोडेर भाग्ने कोसिस गरेकी थिइन । भाग्दै गर्दा गोवामा भारतीय तटरक्षकहरुले पक्रेर उनलाई युएई शाही परिवारलाई बुझाइ दिएका थिए ।