तलिबानी शर्तमा कतारमा हुने भए अफगानिस्तान शान्ति सम्मेलन

तलिबानी शर्तमा कतारमा हुने भए अफगानिस्तान शान्ति सम्मेलन

काठमाडौ । अफगानिस्तानमा शान्ति स्थापना गर्न त्यहाँको तलिबानी विद्रोही नेताहरूको उपस्थितिमा उनीहरूकै शर्तमा शान्ति सम्मेलन जुलाई ७ र ८ कतारमा हुने भएको छ ।

यो सम्मेलनमा सरकारी प्रतिनिधिहरूको उपस्थिति नहुने जनाइएको छ ।

जर्मनीका विशेष प्रतिनिधि राजदूत मारकस पोत्सेलले  भने “उनीहरू आफ्ना व्यक्ति क्षमता र समान पहलका आधारमा सहभागी हुन लागेका हुन् ।”

यो वार्ताको कुरो काबुलमा कम्तीमा ६ जनाको मृत्यु र १०० भन्दा बढी घाइते भएको ध्वंसकारी आक्रमणको एक दिन पछि सार्वजनिक भएको हो ।

साथै यो आक्रमणको जिम्मा तलिबानी विद्रोहीले लिएको छ ।

तलिबानी  विद्रोहीहरूले राष्ट्रपति असरफ घानीसँगमा वार्ता गर्न इन्कार गरेका छन् ।

तर कुनै साधारण अफगानीसँग वार्ताको मेचमा वस्न आफूहरू तयार रहेको तलिबानीहरूले जनाएका छन् ।

यसअघि घानीले तलिबानीहरूले सीधा आफ्नो सरकारसँग कुरो गर्नुपर्ने बताएका थिए ।