सामाजिक सञ्जालमा भाइरल भएको यो फोटो 

 सामाजिक सञ्जालमा भाइरल भएको यो फोटो 

काठमाडौ । ‘अँध्यारोबाट उज्ज्यालोतिर डो-याउ’ यो मन्त्रका सच्चा जीवन्त उदाहरण हुन डा. सन्दुक रुइत । डा. रुइतले आँखा नदेख्नेहरूलाई आँखाको ज्योति दिएर उनीहरूका लागि भगवान बनेका हुन त्यसको गन्ती गरेका छैनन् । तर हालै मात्रै एक बालकको आँखामा ज्योति थपेपछि  त्यो बालकले डा. रूइतप्रति दर्शाएको मानवीय भावनाले ओतप्रोत भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

१३ वर्षे रोशन थिङले डा. रूइतलाई अँगालो मारेर कृतज्ञता व्यक्त गरिएको त्यो दृश्य भाइरल भएको हो । रोशनले तीन वर्ष पछि फेरि दुनियाँ हेर्न सकेको देखेपछि खुशी थाम्नै सकेनन् । उनको शल्यक्रियाग आँखाको ज्योति फर्काइ दिएका डा. रूइतलाई अँगालो मार्न पुगे । उनले विकास गरेको (क्याट¥याक्ट सर्जरी)मोतीबिन्दु शल्य क्रिया मात्र १५ मिनेटको छ ।

डा. रूइतले थिङलाई औंला गन्न लगाए । तीन पटक औंला गन्न लागाएर ‘ ल सब ठीक छ ’ भनेपछि थिङ खुशी थाम्नै सकेनन् ।

थिङको नानी दोस्रो कक्षामा छँदा मोतीबिन्दुले छोपियो । विस्तारै उनले आँखाको हेर्न पाउने शक्ति गुमाए ।

हेटौडामा आयोजित निशुल्क आँखा शिविरमा  उनकी हुजुरआमाले उनलाई पिठ्युमा बोकेर ल्याइन् । डा. रूइत आफैले उनका दुबै आँखाको शल्य क्रिया गरे ।

आँखाको नानीमा ज्योति फर्किपछि थिङ कराए“ स्कूल जाने भएँ” । 

डा.रूइतले यस्ता लाखौं अपरेशन गरेर लाखौंको आँखामा ज्योति फर्काउने काम गरेका छन् । डा. रूइत पनि भावुक भए थिङको व्यवहार देखेपछि ।

थिङको व्यवहारबाट डा. रूइत द्रवित भएका थिएन् त्यहाँ उभिएका सबैका आँखा रसाइरहेको थियो ।

हेटौडा सामुदायिक आँखा अस्पतालका सिद्धिलाल महर्जनले थिङको स्कूल खर्च ब्यहोर्ने घोषणा गरे । 

थिङको शल्यक्रिया गर्न दुई दिनको समय लागेको थियो ।