भारतीय बजारले ६ महिनामा बनाएको सम्पत्तिको पाँचौ भाग सात जनाको गोजीमा

भारतीय बजारले ६ महिनामा बनाएको सम्पत्तिको पाँचौ भाग सात जनाको गोजीमा

काठमाडौ । भारतको बजारले गएको ६ महिनामा बनाउको सम्पत्तिको कुल पाँच बराबर भागको एक भाग भारतका ७ जनाको गोजीमा गएको छ ।

यो अवधिमा ती मध्ये ५ जनाले १५ अर्ब अमेरिकी डलर भन्दा बढीको सम्पत्ति जोड्न पुगेका हुन् ।

७ जना भारतीयहरूले यो अवधिमा २० अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति जोडेका हुन् ।

भारतका सर्वाधिक धनी मुकेश अम्बानीले भने  ७.४१ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति जोडेका हुन् । जुन महिनामा उनको सम्पत्ति ५१.७ अर्ब पुग्यो । अम्बानी विश्वको १२औं धनी हुन् ।

गत महिना कार्यकारी अध्यक्ष र प्रवन्ध निर्देशकको पदबाट सेवानिवृत भएका अजिम प्रेमजीले यो अवधिमा ४.७३ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति जोडेका हुन् ।

प्रेमजी विश्वका ४४ सर्वाधिक धनी हुन् ।उनको सम्पत्ति गत महिना २१.७ अर्ब अमेरिकी डलर बराबरको थियो ।

अर्का धनी उदय कोटक हुन । उनको सम्पत्ति २.०८ अर्ब अमेरिकी डलर बढेर १३.६ अर्ब अमेरिकी डलर पुग्यो ।

यसैगरी एचसीएल टेक्नलजिका प्रोमोटर शिव नादारको सम्पत्ति १.५ अर्ब डलरले बढेको छ ।

। अदानी ग्रुपका गौतम अदानी, श्री सिमेन्टका मालिक बेनु गोपाल बङ्गुर र वेदान्ता ग्रुपका अनिल अग्रवालले पनि १.५अर्ब देखि १.७ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति जोडेका हुन् ।

गुमाउने धनीहरूा लक्ष्मी मित्तल, सन फर्माका दिलिप शांघवी र वाडिया ग्रुपका नुस्ली वाडियालगायत रहेका छन् ।