वैद्य माओवादीमा जिम्मेवारी हेरफेर, के पाए सीपि गजुरेल र परि थापाले ?

वैद्य माओवादीमा जिम्मेवारी हेरफेर, के पाए सीपि गजुरेल र परि थापाले ?

काठमाडौं १९, असार । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओदीले नेताहरुको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ । 

भर्खरै सम्पन्न पार्टी बैठकले संगठन तथा पार्टी संरचनालाई ३ ब्युरो र ७ प्रदेश संरचना अनुसार पार्टीका नेताहरुको जिम्मेवारीमा फेरबदल गर्दै नयाँ जिम्मेवारी प्रदान गरेको छ । 

पार्टी प्रवक्ता हरिभक्त कँडेलका अनुसार पश्चिम ब्युरोमा रामसिंह श्रीष, मध्य ब्युरोमा सीपि गजुरेल, र पूर्वी ब्युरोको जिम्मेवारी हरिक्त कँडेलले पाएका छन् । 

त्यसैगरी उक्त पार्टीको प्रवास ब्युरोमा परि थापा छन् । पार्टी केन्द्रीय कार्यालय ललितपुरमा यही असार १२ देखि १७ गते  सम्म बसेको बैठकले यस्तो निर्णय गरेको जनाइएको छ ।