‘हरेक विषयमा हाम्रा सांसद सर्वज्ञ हुनुहुन्छ ’–सञ्चारमन्त्री

‘हरेक विषयमा हाम्रा सांसद सर्वज्ञ हुनुहुन्छ ’–सञ्चारमन्त्री

काठमाडौ । सरकारको हरेक कामका विरूद्ध कोकोहोलो मच्च्याउने समूहहरूको बोलीमा लोली मिलाउने सांसदहरूको व्यवहारप्रति सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले असन्तुष्टि जनाएका छन् ।

सरकारले भारतीय चलचित्र क्षेत्रका कलाकारहरूलाई दिइने इन्टरनेशनल इन्डियन फिल्म एकेडमी( आइफा अवार्ड)को आयोजनाबारे दिएको प्रारम्भिक सहमतिबारे व्यापक कोकोहोला मच्चाइएको देखिएको छ ।

सञ्चार माध्यममा आएका समाचारहरूकै आधारमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले त्यससम्बन्धमा जारी गरेको निर्देशिकाको विषयमा मन्त्री बाँस्कोटाले असन्तुष्टि जनाएका हुन् ।

आइफा अवार्ड सन् २०००देखि वर्सेनी भारत बाहेकका देशमा आयोजना भइआएको छ ।

अमेरिका, बेलायत र संयुक्त अरब इमिरेट्ससहित करिब ११ देशमा आइफा अवार्ड भइसकेको बताउँदै मन्त्री बाँस्कोटाले यो आयोजनाको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय फिल्मको शूटिङ गन्तव्यको रूपमा विकास गर्ने योजना बनाइएको बताए ।

उनले भने “हामीले यो आयोजनाबाट व्यवसाय बढाउने अवसरहरूको बारेमा सोचिरहेका थियौं । यत्तिकैमा अनावश्यक कोकोहोलो मच्चाइएको छ ।”

।संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल सरकारले वित्तीय दायित्व वहन गर्ने गरी आइफाको आयोजना नगर्न निर्देशिका जारी गरी सरकारलाई आयोजना नगर्न सचेत गराएको छ ।

समितिले यो अवार्डको आयोजना गर्दा नेपालको सार्वभौमिकतालाई हानि पु¥याउने समेत उल्लेख गरिएको छ ।

मन्त्री बाँस्कोटाले संसदीय समितिले दिएका निर्देशनहरू विज्ञहरूको अनुसन्धानबाट तयार पारिएको हो कि भनी प्रतिप्रश्न गरेका थिए ।